Powered by Blogger.
विपि प्रति सम्मान र माल्यार्पण गर्दै सुरूभयाे एमाले सुनकाेशीकाे चुनावि अभियान



सिन्धुली, १९ बैशाख ।(कुशेश्वर दुम्जा) नेकपा(एमाले) सुनकाेशी गाउँपालिकाले आफ्नाे चुनाबि अभियानकाे सुरूवात बिपिकाे जन्मघरमा पुगेर विपि प्रति सम्मान र माल्यार्पण गर्दै  कुशेश्वर दुम्जाबाट गरेकाे छ । 

साेमबार सुनकाेशी गाउँपालिकाकाे पहिलाे चुनाबिसभाकाे क्रममा बिपिकाे जन्मस्थलमा पुगेर बिपिकाे सम्मान र सम्झना गर्दै नेकपा(एमाले) सुनकाेशी गाउँपालिकाका उमेदवारहरू तथा नेकपाडएमाले) केन्द्रीय सदस्य उमा काेईराला लगायत एमाले नेताहरूले बिपिकाे समाजवादी चिन्तन र उहाँले पुर्याउनु भएकाे याेगदानकाे प्रशंसा गरेका थिए । 

केन्द्रीय सदस्य उमा काेईरालाले राजनितिकर्मीहरूका लागि विपि आर्दश पात्र रहेकाे बताउदै सुनकाेशी गाउँपालिकाले बिपिकाे जन्मस्थानलाई राजनैतिक पर्यटनकाे रूपमा बिकास गर्न आबश्यक रहेकाे बताईन । 

उनले बिपिकाे बिचार बाेकेका काग्रेसका नेता कार्यकर्ताहरूलाई विचार र बिधिकाे राजनितिमा लाग्न पनि आग्रह गरिन । 

त्यस्तै सुनकाेशी गाउँपालिका अध्यक्षका उमेदवार अशाेक गिरीले बिपि काग्रेसकाे मात्र हाेईन, सबै राजनितिक कर्मिहरूकाे आर्दश पात्र हाे, त्यसैले हामीले हाम्राे चुनाबि अभियानकाे सुरूवात पुर्व बिपि प्रति सम्मान र माल्यार्पण गरेका हाैं । हामी चाहान्छाै राजनिति बिचार, विधि र सस्कार सहितकाे हाेस । राजनिति कर्मि नेता कार्यकर्ताहरूबाट समाजले केही सिकाेस । समाजले सम्झन र सम्मान गर्न लायक बन्न सकियाेस भन्ने हाम्राे मान्यता छ । 

गिरीले सुनकाेशी गाउँपालिकामा सुशासन, सबृद्वि र समाजवादकाे आधार तयार पार्नका लागि नेकपा(एमाले)लाई बिजयी बनाउन सबैलाई आग्रह गरे ।


, ,

0 comments

Write Down Your Responses