Powered by Blogger.
तलब भत्ता सामाजिक कार्यमा लगाउने एमाले वडा अध्यक्ष उमेदवारकाे प्रतिबद्वता


सिन्धुली, १९ बैशाख(कुशेश्वर दुम्जा) । नेकपा(एमाले) सुनकाेशी गाउँपालिका वडा-१ का अध्यक्षका उमेदवार कृष्ण माेक्तानले वडा अध्यक्ष निर्वाचित भएपछि प्राप्त हुने पारिश्रमिक वापतकाे रकम सामाजिक कार्यमा लगानी गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन । 

उनले वडा अध्यक्षकाे उमेदवारकाे तर्फबाट ४२ बुँदे प्रतिबद्वता सार्वजनिक गर्दै उक्त घाेषणा गरेका हुन । उनले मासिक तलब भत्ता काेष बनाउने र सामाजिक शैक्षिक सेवामा खर्च गर्ने उल्लेख गर्दै काेषकाे रकम आधारभुत बिधालय खानिगाउँ ५०% आधारभुत बिधालय घ्याम्पाटार २५% प्रावि नेपालथाेकका लागि २५% रकम उपलब्ध गराउने घाेषणा गरेका छन ।

बिधार्थी राजनितिमा क्रियाशिल माेक्तानले आफ्नाे वडाकाे शैक्षिक गुणस्तर बृद्वि र शैक्षिक बिकासका लागि याेगदान दिने बताएका छन । अध्यक्षका उमेदवार माेक्तानले आफ्नाे वडामा बाैद्व पाठशाला तथा कुशेश्वर मन्दिर परिसरमा गुरूकुल शिक्षाकाे स्थापना गर्ने लक्ष्य राखेका छन । 


उनले सुनकाेशीकाे १ नम्बर वडालाई बिकासकाे नमुनाकाे रूपमा बनाउने बताउँदै कुशेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटनकाे रूपमा बिकास गरि बिश्व सम्पदा सुचिमा सुचिकृत गर्ने, निर्माणाधिन बिपि स्मृति संग्राहालयलाई राजनैतिक पर्यटन क्षेत्रकाे रूपमा बिकास गर्ने लगायतका याेजनाहरू अगाडि सारेका छन ।

साेमबार सुनकाेशी-१ दुम्जामा आयाेजित चुनाबिसभालाई सम्बाेधन गर्दै माेक्तानले समृद्व वडा निर्माणका लागि आफुहरूकाे उमेदवारी रहेकाे बताउदै आफुहरूलाई बिश्वास गर्न मतदाताहरूलाई आग्रह गरे ।


,

0 comments

Write Down Your Responses