Powered by Blogger.
संरक्षणकाे पर्खाइमा प्राचीन धर्मशाला

 


सिन्धुली, २३ असार । हाम्रा गाउँ बस्तीमा रहेका प्राचीन सम्पदाहरू हाम्रा ईतिहास हुन । ती सम्पदाहरूकाे संरक्षण र बिकास गर्नु हामी सबैकाे दायीत्व हाे । 

सिन्धुलीकाे सुनकाेशी गाउँपालिका-१ नेपालथाेक स्थित बिपि राजमार्गकाे छेउमै रहेकाे प्राचीन धर्मशालाकाे पुननिर्माण तथा संरक्षणमा भने स्थानीय सरकारकाे ध्यान जान सकेकाे छैन । 

परापुर्वकालमा निर्मित उक्त धर्मशाला भग्नावशेष अवस्थामा रहेपनि पुननिर्माणमा कसैले चासाे नदेखाएकाे स्थानीयहरूकाे गुनासाे छ । प्राचीन शैलीमा निर्माण गरिएकाे उक्त धर्मशालामा विपि राजमार्ग नहुँदा पुर्वबाट काठमाण्डाै आवतजावत गर्ने बटुवाहरूले आराम तथा बास बस्ने स्थलकाे रूपमा प्रयाेग गर्ने गरेकाे ईतिहास पाईन्छ । 


, , ,

0 comments

Write Down Your Responses