Powered by Blogger.
सुनकोशीमा भेटियो २३४ बर्ष पुरानो शीलालेख


सिन्धुली(सुनकोशी)– जिल्लाको सुनकोशी गाउँपालिका– ३ को गणेशस्थान मन्दिर नजिकै फाँटमा साके सम्वत् १७११ अर्थात् सम्वत् १८४६ मा निर्माण गरिएको धर्मशाला पौवाको शिलालेख भेटिएको छ ।

सुनकोशी गाउँपालिका–३  रातमाटा बजारका व्यवसायी तथा समाजसेवी विश्वनाथ सूर्यवंशीले मङ्गलबार बिहान सो शिलालेख पर्खालमा राखिएको अवस्थामा फेला पार्नुभएको हो । 

पुर्व पश्चिम हिँड्ने मूलबाटोबाट गणेशस्थान मन्दिर तर्फ जाने बाटोको मुखैमा कुनै समय धर्मशाला थियो । झिँगटीको छाना र ईटको तिन तर्फ पर्खाल भएको सो धर्मशाला अहिले अस्तित्वमा छैन । 

स्थानीय सम्पदाप्रेमी विश्वनाथ सूर्यवंशीका अनुसार सो धर्मशाला भत्कन थालेपछि पञ्चायत भवन बनाउन भनी झाँगाझोली खहरेमा काठपात लगिएको थियो । पछिसम्म उक्त स्थानमा खालि रहेको भएपनि अहिले अतिक्रमण गरि घर निर्माण गरिएको छ । 

घरधनीको करेसामा सिमेन्टका ब्लकसँग राखिएको अवस्थामा सो शीलालेख प्राप्त भएको हो । सो धर्मशालाको खोजी र संरक्षणमा स्थानीय सम्पदाप्रेमी, वडा र गाउँपालिकाको साथै पुरातत्व विभागको समेत ध्यान जान जरुरी रहेको र त्यस सम्बन्धमा थप खोजी कार्य भईरहेको पत्रकार दिपक श्रेष्ठले बताउनुभयो । 




, ,

0 comments

Write Down Your Responses