Powered by Blogger.
कमला जनज्योती माविको ४५ औं बार्षिक उत्सब सम्पनन्


शिक्षाको संरचना परिवर्तन हुन सकेन ः मन्त्री श्रेष्ठ 

सिन्धुली– कमला जनज्योती माध्यमिक विद्यालय कमलामाई नगरपालिका–५ सिलामेको ४५ औं बार्षिक उत्सब तथा अभिभावक दिवस सुक्रबार एक समारोह बीच सम्पनन् भएको छ । 

कमला जनज्योती माध्यमिक विद्यालयका पुर्व विद्यार्थी तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा बार्षिक उत्सब कार्यक्रम सम्पनन् भएको हो । 

बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राज्य संरचना परिवर्तन भएपनि शिक्षाको संरचना परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनैतिक आन्दोलनका विभिन्न् कालखण्ड पार गर्दै आउँदा पनि शिक्षाको क्षेत्रमा उहि पुरानै मोडल प्रयोग भईरहेको छ । शिक्षा जिवनलाई परिवर्तन गर्न सक्ने खालको बनाउन सकिएको छैन ।’ 

संघ, प्रदेश तथा स्थानीय सरकारले ब्यवाहारिक शिक्षा अबलम्बन गर्ने कार्ययोजना निर्माण गरेर अगाडि बढ्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । शिक्षा क्षेत्रको सुधारका लागी राज्य जवाफदेही बन्नुपर्ने र मेहनती शिक्षक र परिश्रमि विद्यार्थी बन्न सकेमा मात्र शिक्षाको गुणस्तर सुधार हुने उहाँले बताउनुभयो । 


त्यस्तै बार्षिक उत्सब समारोहमा विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले स्थानीय अभिभावकहरुको एकताले नै सामुदायीक विद्यालय सुधार हुने बताउनुभयो । मेयर पोखरेलले भन्नुभयो, ‘विद्यालय शान्ति क्षेत्र हो, विद्यालय भित्र राजनीति गर्नुहुँदैन, जव सम्म समुदाय, शिक्षक र विद्यार्थीहरु बीच बलियो एकता हुन्छ तब मात्र सामुदायीक विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिन्छ ।’ शिक्षालाई प्रविधि र रोजगारीसँग जोड्नु पर्ने बताउँदै स्थानीय सरकार पनि शिक्षालाई प्रविधीसँग जोड्ने बिषयमा प्रतिबद्ध रहेको पोखरेलले बताउनुभयो ।

राजनैतिक हस्तक्षेप र शिक्षकहरको राजनैतिक गतिविधीका कारण सामुदायीक विद्यालयको शिक्षा कमजोर हुँदै गईरहेको बताउँदै शिक्षकहरुलाई राजनैतिक गतिविधीमा नलाग्न र यदि लागेमा स्थानीय सरकारले कार्वाहीको दायरामा ल्याउने समेत मेयर पोखरेलले बताउनुभयो । 


बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तुला गुरुङको अध्यक्षतामा भएको समारोहमा नेपाल रेडक्रश सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ, पुर्व अध्यक्ष भक्तनारायण श्रेष्ठ, गौमती माविका प्रधानाध्यापक दिल बहादुर कट्वाल, बरुणदेवी माविका प्रधानाध्यापक सन्तोष श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । 

बार्षिक उत्सबको उपलक्ष्यमा विद्यालयमा स्थापना गरिएको विभिन्न अक्षयकोषबाट उत्कृष्ट तथा जेहेनदार विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण तथा विभिन्न् खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । 

बार्षिक उत्सबकै अवसरमा पुर्व विद्यार्थी समाजका अध्यक्ष देवनारायण श्रेष्ठले आफ्नो स्वर्गीय आमाको स्मृतिमा २ लाख ५० हजारको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता तथा स्थानीय समाजसेवी तथा विद्यालयका पुर्व अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्षयकोष स्थापनाको लागी रकम हस्तान्तरण गर्नुभएको थियो । 


२०३५ सालमा स्थापना भएको कमला जनज्योती माध्यमिक विद्यालयमा हाल तीनसयँ विद्यार्थी अध्यनरत रहेका छन भने गरिब तथा असहाय ३० विद्यार्थीहरु आवाशीय रुपमा अध्यन गरिरहेको विद्यालयले जनाएको छ । 

कक्षा १ देखी ५ सम्म अग्रेजी माध्यमबाट पढाई हुने उक्त विद्यालयले प्राविधिक शिक्षा तर्फ तिन बर्षे बनविज्ञान कक्षा सञ्चालन गर्दै आईरहेको र हाल ६० जना विद्यार्थीहरु बनविज्ञान अध्यन गरिरहेको विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद फुयालले जानकारी गराउनुभयो । 


 



, ,

0 comments

Write Down Your Responses