Powered by Blogger.
सुबिधा सम्पनन् आफ्नै भवनमा वडा कार्यालय


सिन्धुली– जिल्लाको कमलामाई नगरपालिका वडा नं.–५ को कार्यालय अब आफ्नै सुविधा सम्पनन् भवनमा सर्ने भएको छ । वडा कार्यालय भवन निर्माण सम्पनन् भएसँगै आफ्नै भवनबाट सेवा प्रवाह सुरु गर्ने भएको हो । 

स्थानीय निकाय बनेको ६ बर्ष वितिसक्दा पनि आफ्नै भवन नभएको कमलामाई नगरपालिका वडा नं.–५ ले अब भने सुविधा सम्पनन् भवन प्राप्त गरेको छ । जनप्रतिनिधी तथा स्थानीय नागरिकहरुको पहलमा जग्गाको ब्यवस्थापन गरेपछि भवन निर्माणका लागी केन्द सरकारले गत आर्थिब वर्षमा बजेट बिनियोजन गरेको थियो । 

वडा कार्यालय भवनको निर्माण सम्पन्न भएसंगै निर्माण करम्पनीले उक्त भवन बिहिबार एक समारोह बीच वडा कार्यालयलाई हस्तान्तरण गरेको हो । दोश्रो कार्यकाल पनि निर्वाचित हुनुभएका वडा अध्यक्ष पुर्ण बहादुर खड्का लगायत जनप्रतिनिधीहरुको जागरुकताको कारण नेपाल सरकारले बजेट बिनियोजन गरेको थियो । 

सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापबाट बोलपत्र आब्हान गरि कुल १ करोड ३० लाख लागतमा निर्माण गरिएको उक्त भवनको बैठक हल सहित ७ वटा कोठा रहेका छन । उक्त भवनको निर्माण कार्य स्लेट–सिर्जना–रामबोले जेभी निर्माण कम्पनीले २०७९-१२-११ मा ठेक्का सम्झौता गरी समय भन्दा ९ महिना अगाडि नै निर्माण कार्य सम्पनन् गरेको थियो । 


निर्माण कम्पनीका तर्फबाट ब्यवसायी उद्धव दाहालले वडा अध्यक्ष पुर्ण बहादुर खड्का, संघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका प्रतिनिधी बिदुर खतिवडा, वडा सचिव उज्जव विक्रम थापा लगायत संचारकर्मीहरूको समेत उपस्थितिमा नवनिर्मीत भवनको चावी हस्तान्तरण गर्नु भएको हो । 

उक्त अवसरमा वडा अध्यक्ष खड्काले निर्माण कम्पनीका उद्धव दाहाल लगायत भवन निर्माणमा सहयोग गर्ने सबै निकाय र प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । नबनिर्मित भवन केही दिनमानै विशेष समारोहका विच उद्घाटन गरि प्रशासनिक काम सुरू गरिने बताईएको छ । 



,

0 comments

Write Down Your Responses