Powered by Blogger.
वडा बाटै सामाजिक सुरुक्षा भत्ता बितरण


सिन्धुली– जिल्लाको कमलामाई नगरपालिका ५ नं. वडा कार्यालयले आफ्ना वडाका लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरेको छ । 

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा कमलामाई नगरपालिकाले बैंकको चाप, भूगोल, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी नगरको  वडाहरूबाटै भत्ता हस्तान्तरण गरिएको हो । भत्ता वडा कार्यालयबाटै लिन पाएपछि आफू खुसी भएको सेवाग्राहीले बताएका छन् । 

कमलामाई नगरपालिका वडा नं.–५ की ८० वर्षीया मैया कुमारी विश्वकर्माले आफ्नै वडामा सामाजिक भत्ता बुझ्नुभयो । स्थानीय सरकारले आफ्नै वडा कार्यालयमा बोलाएर सामाजिक भत्ता दिएपछि खुसी हुँदै ज्येष्ठ नागरिक बिकले भन्नुभयो, हिँड्न सकिँदैन अरूको सहायताले बैंक जान्थे, दिनभरि कुर्नुपर्ने, शरीर गलेर कस्तो दुःख दिएको सरकारले जस्तो लाथ्यो आज साह्रै खुसी लागेको छ । 

त्यस्तै, कमलामाई–५ कै जित बहादुर खड्काले समेत वडामा आएर सामाजिक भत्ता वितरण गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिनुभयो । अरूको सहायतमा स्थानीय बजारमा पुगेर सामाजिक भत्ता बुझ्न जाँदा कमजोर वृद्ध शरीरले पाएको दुःखको तीतो अनुभव सुनाउँदै खड्काले भन्नुभयो, ‘बल्ल सरकारले हामी ज्येष्ठ नागरिकलाई सम्झिएछ, खुसी लागेको छ ।’

राष्ट्रिय बाणिज्य बैंक सिन्धुली शाखाको समन्वयमा वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो । 

वडा अध्यक्ष पूर्ण बहादुर खड्का लगायत जनप्रतिनिधी र कार्यालयका कर्मचारीहरुको उपस्थितीमा सनिबार कार्यालयमा उपस्थित सबै ज्येष्ठ नागरिक, अशक्त, अपांगहरूलाई सामाजिक भक्ता वितरण गरिएको हो । यसरी वडाबाटै सामाजिक भत्ता वितरण गर्न पाउँदा आफूलाई साह्रै खुसी लागेको बताउनुहुँदैै अध्यक्ष खड्काले भन्नुभयो, ‘अब बैंकमा पुगेर निकै दुःख पाएर सामाजिक सुरक्षा भत्ता बुझ्नुपर्ने दिनको अत्य भयो ।’ कमलामाई नगरपालिका वडा नं.५ मा मात्र ५९८ जना लाभग्राहीहरु रहेका छन । सनिबार १ सय ८३ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ताको रकम बुझेको वडा सचिब उज्जल विक्रम थापाले बताउनुभयो । 



, ,

0 comments

Write Down Your Responses