सिन्धुली– होटल तथा पर्यटन ब्यवसायी संघ सिन्धुलीले बुधबार एक समारोह बीच भरखरै सिन्धुली सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारीलाई स्वागत सहित अन्तरक्रिया गरेको छ ।
संघका अध्यक्ष सिताराम पहाडीको अध्यक्षतामा भएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा होटल ब्यवसायीहरुले आफ्नो ब्यवसायीक क्षेत्रमा देखिएका समस्या र समस्या समाधानका लागी स्थानीय प्रशासनको तर्फबाट हुन सक्ने सहयोगको अपेक्षा सहित आफ्ना गुनासाहरु व्यक्त गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी भरत खनालले होटल ब्यवसायलाई गुणस्तरिय र मर्यादित ढंगले सञ्चालन गर्न ब्यवसायीहरुसँग आग्रह गर्दै ब्यवसायमा देखिएका समस्याहरु समाधानका लागी सम्बन्धीत निकायसँगको समन्यवमा सहजीकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
पछिल्लो समय सिन्धुलीमा वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको सञ्जालको रुपमा रहेको सिन्धुलीमा यातायातका साधनहरुको आवत जावत बढेपछि होटल ब्यवसाय गर्ने ब्यवसायीहरुको संख्या बृद्धि हुँदै गईरहेको छ भने संघीयता कार्यान्वयनसँगै स्थानीय स्तरमा समेत साना तथा ठुला लगानीका होटल ब्यवसायहरु फस्टाउँदै गएका छन ।
हाल सिन्धुलीमा साना तथा ठुला लगानीका ३ सय ६८ वटा होटलहरु सञ्चालन सञ्चालनमा रहेको र आर्थिक मन्दी तथा कोभिडको समस्याका कारण थुप्रै होटल ब्यवसाय बन्द हुने अवस्थामा पुगेका छन ।
0 comments
Write Down Your Responses