Powered by Blogger.
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता–२०८० मा गौमती मावि प्रथम


सिन्धुली– कमलामाई नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता–२०८० को प्रतियोगीतामा  गौमती माध्यमिक विद्यालय प्रथम भएको छ । 

प्रतियोगीतामा शिखर माध्यमिक विद्यालय मरिण बेल्टार दोश्रो र सिद्वस्थी इङ्लिस बोडिङ्ग स्कुल तृतिय पुरस्कार पाउन सफल भएका छन ।

राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेदकुद भन्ने मुल नाराका साथ नगर खेदकुद विकास समितिको आयोजनामा भएको खेदकुद प्रतियोगीता गत मङ्गलबारबाट सिन्धुलीमाढीमा सुरु भएको थियो । प्रतियोगीतामा नगरक्षेत्रका सामुदायीक तथा संस्थागत सहित ३५ विद्यालयका खेलाडीहरुको सहभागीतामा भलिवल, कवडी, कराते, तेक्वान्डो तथा एथलेटिक्स तर्फका सम्पूर्ण खेलहरु खेलाइएको थियो ।  


नगर खेलकुद विकास समितिका अध्यक्ष श्री लोक विक्रम थापाको अध्यक्षतामा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलज्युको प्रमुख आतिथ्यतामा सम्पनन् एक समारोह बीच  सनिबार प्रतियोगीतामा उपाधी जित्ने खेलाडीहरुलाई मेयर पोखरेले पुरस्कार वितरण गर्नुभएको छ ।  

कार्यक्रममा प्रमुख अतिथी पोखरेलले  बिजयी हुने सबैलाई बधाई दिंदै आगामी दिनमा यस नगरपालिकाले खेलकुद क्षेत्रलाई अझ प्राथमिकतामा राखी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै  खेलकुदमा सक्रिय  रुपमा लाग्न सहभागी तथा उपस्थित सबैलाइ प्रेरणा समेत दिनुभयो । 

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहालले खेलकुदको महत्व प्रष्ट पार्दै सहभागी तथा विजयी हुने विद्यालयहरुलाई बधाई दिनु भएको थियो । 

 


, ,

0 comments

Write Down Your Responses