Powered by Blogger.
प्रधानमन्त्री दाहालद्धारा नगर अस्पताल उदघाटन


दक्ष जनशक्ति र उपकरणहरुको ब्यवस्थापन गर्ने प्रतिबद्धता  

सिन्धुली– नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सनिबार एक समारोह बीच सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको छ । 

नवनिर्मित नगर अस्पतालको उदघाटन गर्दै प्रधानमन्त्री दाहालले दक्ष जनशक्ति र उपकरणहरुको ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । दहालले नगर अस्पतालको लागी उपकरण, दक्ष जनशक्ति ब्यवस्थापन गर्दै अस्पताललाई सर्पदंश उपचार केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता गर्नुभएको छ । 

करिब रु १८ करोडको लागतमा निर्मित १५ शैयाको उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । 



, ,

0 comments

Write Down Your Responses