Powered by Blogger.
सिन्धुली सुनचाँदी ब्यवसायी संघको अधिवेशन सम्पनन्


ब्यवसायीक हितका लागी आन्दोलन बाहेक अर्को विकल्प छैन - प्रमुख अतिथी रसाईली 

सिन्धुली– सिन्धुली सुनचाँदी ब्यवसायी संघको बाह्रौं साधारणसभा तथा चौथो जिल्ला अधिवेशन मङ्गलबार एक समारोह बीच सिन्धुलीमाढीमा सम्पनन् भएको छ । 

सिन्धुली सुनचाँदी ब्यवसायी संघका अध्यक्ष बिष्णु बहादुर विश्वकर्माको अध्यक्षतामा भएको समारोहलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीले सुनचाँदी ब्यवसायीका समस्याहरु समाधान गर्नका लागी सम्पूर्ण ब्यवसायीहरु एक भएर आन्दोलन गर्नु बाहेक अर्को विकल्प नभएको बताउनुभएको छ ।  प्रमुख अतिथी रसाईलीले भन्नुभयो, ‘राज्यले तयार पारेको निति, नियम र कानुनको परिधिमा रहेर राज्य सञ्चालनका लागी राज्यलाई कर तिर्ने चौथो ब्यवसायी संगठन हो सुनचाँदी ब्यवसायी संघ, तर राज्यले हामीलाई दिने सुरक्षा र सुविधा दिन सकेको छैन ।’ ब्यवसायी राज्य प्रति बफादार भएपनि राज्य ब्यवसायी प्रति उत्तरदायी बन्न नसकेको उहाँले बताउनुभयो । 

राज्यले निती तथा निर्देशिका निर्माण गर्ने, कच्चा पर्दाथको प्रशोधन, शुद्धिकरण गर्ने  प्रभावकारी निती तथा कार्यक्रमहरु ल्याउनु पर्ने बताउँदै बरिष्ठ उपाध्यक्ष रसाईलीले कालिगढहरुले नेपाल सरकारले तोकेको भन्दा पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेकाले उहाँहरुको हकहितका लागी विशेष ध्यान दिन जरुरी रहेको समेत बताउनुभयो ।


त्यस्तै कार्यक्रमको उदघाटन सत्रमा शुभकामना मनतब्य ब्यक्त  गर्दै नेपाल सुनचाँदी ब्यवसायी संघका केन्द्रीय कार्यकारीणी सदस्य तथा सुनचाँदी ब्यवसायी संघ सिन्धुलीका पुर्व अध्यक्ष नरेन्द्र विश्वकर्माले २०६८ सालमा स्थापना भएको ब्यवसायी संघ हाल सम्म आउँदा ब्यवस्थित बनिसकेको स्मरण गर्दै ब्यवसायीक हकहितसँगै सामाजिक कार्यमा पनि सुनचाँदी ब्यवसायीले आफ्नो भुमीका निर्वाह गरिरहेको बताउनुभयो । 

उहाँले सामाजिक कार्यसँगै आफ्नो संस्थालाई पनि बलियो बनाउनका लागी आफ्नै भवन निर्माण गर्नुपर्नेमा जोड दिर्दै आफ्नो तर्फबाट जग्गा खरिद तथा भवन निर्माणका लागी २ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । 

कार्यक्रममा शुभकामना ब्यक्त गर्दै सुनचाँदी ब्यवसायी संघका केन्द्रीय कार्यकारीणी सदस्य प्रकाश गहतराजले सरकारको गतिविधीका कारण सबै  ब्यवसायीहरु बत्तिमुनीको अध्यारोमा बाच्न बाध्य भएको बताउँदै ब्यवसायीक एकता बिना ब्यवसायीहरु सधै धाराशायी बन्दै जाने बताउनुभयो । 

कार्यक्रममा शुभकामना मनतब्य राख्दै नेपाल रेडक्रश सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले ब्यवसायीहरु सचेत, सतर्क र अनुशासीत भएर एक ढिक्का भएर अगाडि बढेमा कसैले कमजोर बनाउन नसक्ने बताउँदै सुनचाँदी ब्यवसायी संघ सिन्धुलीले ब्लड बैंक स्थापना, कोभिडमा निर्वाह गरेको भुमीकाको स्मरण गर्दै मानवीय र सामाजिक कार्यमा सधै सहकार्यका साथ अगाडि बढ्न समेत आग्रह गर्नुभयो । 

मणिकुमार विश्वकर्माको सञ्चालन तथा भिम विश्वकर्माको स्वागत मनतब्यमा सम्पनन् उदघाटन समारोहमा निर्माण ब्यवसायी संघ सिन्धुलीका अध्यक्ष तुलसीराम श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुलीका सदस्य बल बहादुर विश्वकर्मा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमकै अवसरमा सिन्धुली सुनचाँदी ब्यवसायीको जग्गा खरीद र भवन निर्माण गर्न ७ लाख १७ हजार बढी सहयोग संकलन भएको छ । बरिष्ठ केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीबाट २ लाख, नरेन्द्र विश्वकर्माबाट २ लाख, मणी विकबाट १ लाख, अजयकुमार शाहबाट १ लाख १ हजार, दिनेश पोखरेलबाट ५१ हजार, मुकेश शाहबाट ५१ हजार र पूर्ण बहादुर कालिकोटेबाट ५ हजार सहयोगको प्रतिबद्धता भएको छ । 

सिन्धुलीमा पछिल्लो समय स्थानीय तह निर्माण भएसँगै स्थानीय तहका केन्द्र तथा ग्रामीण क्षेत्रका बजारहरुमा पनि सुनचाँदी ब्यवसाय बढ्दै गएको छ । हाल सिन्धुली सुनचाँदी ब्यवसायी संघसँग आवद्ध भएर जिल्ला भरि ६५ जना ब्यवसायीहरु आफ्नो ब्यवसाय गरिरहेको जनाइएको छ । 



, ,

0 comments

Write Down Your Responses