Powered by Blogger.
प्राविधिक समस्या पछि राष्ट्रिय गौरबको आयोजनामा क्षमापुजा


सिन्धुली– राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काममा अवरोध आएपछि आयोजनाले मङ्गलबार क्षमापूजा गरेको छ ।

बिगत ४५ दिनदेखी टनेल खन्ने काममा आएको समस्या समाधानका लागी प्राविधिक प्रयाससँगै क्षमापूजा गरिएको  आयोजनाले जनाएको छ । आयोजनाका सरकारी अधिकारीहरु, निर्माण कम्पनी चाईना कोभेक्स र स्थानीयले आयोजनामा सुरुवात स्थल कमलामाई नगरपालिकाको कुसुमटारमा क्षमापूजा गरिएको हो ।

विश्वकर्माबाबा, कालीमाई, कमलामाई, सिद्धवावा, भद्रकाली, गणेश मन्दिर लगाएतका जिल्लाका शक्तिपीठको सम्झना गर्दै क्षमापूजा गरिएको हो ।

पुरोहित पढाएर हिन्दु धार्मिक परम्परा अनुसार क्षमापूजा गरिएको आयोजना प्रमुख मित्र बरालले बताउनुभयो । 

सुनकोशी मरिण डाईभर्सनको सुरुङ निर्माणको काम छैटौं पटक अवरुद्ध छ । पहिरो हटाउन नसकेपछि आयोजनाले अन्तराष्ट्रिय विज्ञ प्राविधिकहरु ल्याएर सुरुङ हटाउने काम सुरु गरिरहेको छ । सुरुङका विज्ञ प्राविधिकहरु रविन्स अमेरिका, स्मेक अष्ट्रेलिया र चाईना कोभेक्सका विज्ञहरुको सहायतामा सुरुङको अवरोध हटाउने प्रयास थालिएको भएपनि हाल सम्म समस्या समाधान हुन सकेको छैन । 



, ,

0 comments

Write Down Your Responses