Powered by Blogger.
राजनैतिक पार्टीहरुको आखाँ र कान बन्द छ - अध्यक्ष श्रेष्ठ



सिन्धुली– सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले ब्यवसायीक हकहित र अधिकारको पक्षमा राजनैतिक पार्टीहरुले आखाँ र कान बन्द गरेर बसेको बताउनुभएको छ । 

मङ्गलबार सिन्धुली सुनचाँदी ब्यवसायी संघको सिन्धुलीमाढीमा सम्पनन् बाह्रौ साधारणसभा तथा चौथो अधिवेशनलाई बिशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘देशमा राजनितीक सप्रियो तर ब्यवसाय घाटामा गयो भने त्यो देश बिग्रन्छ, अहिले देशमा राजनीति सप्रिएको छ तर ब्यवसाय चौपट भएको अवस्था छ ।’

अध्यक्ष श्रेष्ठले ब्यवसायीहरुको २०४६ को जनआन्दोलन देखी जनयुद्ध हुँदै २०६२⁄६३ को जनआन्दोलन सम्म निर्वाह गरेको भुमीकालाई बेवास्ता गर्दै दलहरुले ब्यवसायीका समस्या नसुन्ने गरेको बताउँदै दलहरुकै गतिविधका कारण ब्यवसायीहरु आत्मदाह गर्नुपर्ने, झुण्डिनु पर्ने तथा हामफाल्नु पर्ने अवस्था सिर्जना भएको समेत बताउनुभयो । 

अध्यक्ष श्रेष्ठले आक्रोश ब्यक्त गर्दै देश आर्थिक हिसाबले संकटमा पर्दा ८१ प्रतिशत राज्य सञ्चालनको कर ब्यवसायीहरुले तिरिरहेको भएपनि दलहरु ब्यवसायीहरुको हकहित भन्दा पनि राजनैतिक दलहरु आफु कसरी कमाउने भन्ने धन्दामा ब्यस्त रहेको बताउनुुभयो । 

अब ब्यवसायीहरु एक भएर आन्दोलनमा उत्रनु पर्ने र तल्लो तहका ब्यापारिहरुका समस्या सुन्न राज्यलाई बाध्य बनाउनुपर्ने बताउँदै देशमा आर्थिक आन्दोलनको आवश्यक्ता रहेकोमा जोड दिनुभयो । 



, ,

0 comments

Write Down Your Responses