Powered by Blogger.
सवारी दुर्घटनामा १ जनाको मृत्यू


सिन्धुली– मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–१३ को माथिल्लो रानिबासमा सवारी दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यू भएको छ ।

उदयपुरको कटारीबाट भिमान तर्फ आउदै गरेको मधेश प्रदेश ०४–००१ क ००५१ नम्बर को ट्रक र विपरीत दिशाबाट जादै गरेको बा ९२ प ६५६२ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल र ट्रक ठोकिदा मोटरसाईलक चालक सर्लाहिको हरिवन नगरपालिका–७ का ३० वर्षिय रिद्दि बहादुर मिरिङसिङ गम्भिर घाइते भई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुबै सवारी साधन र ट्रक चालक महोत्तरीको गौशला नगरपालिका–१ का ४१ वर्षिय जित बहादुर आले लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।



0 comments

Write Down Your Responses