Powered by Blogger.
लागु औषध गाँजा मुद्धाका फरार प्रतिवादी पक्राउ


सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्लाहीको हरिवनबाट प्रतिबन्धित लागुऔषध(गाजाँ) मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाहीको हरिवनबाट  सिन्धुलीको हरिहरपूरगढी गाउँपालिका –७ निवासी ४० बर्षिय कृष्ण बहादुर योञ्जनलाइ पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार गत फागुन १२ गते हरिहरपुरगढी गाउँपालिका वडा न.७ क्यामनचुली स्थितमा अबैध गाँजा ल्याउदै गरेको गोप्य सूचनाको आधारमा क्यामनचुलीबाट सर्लाही तर्फ जादै गरेकोना ४४ प ६०२९ नम्बरको पल्सर मोटरसाईकल चेकजाचँ गर्ने क्रममा चामलको सेतो बोरामा २० के.जी.लागू औषध गाँजा फेला परेको थियो । गाजाँ र मोटरसाईकल समेत नियन्त्रणमा लिने क्रममा योञ्जन मोटरसाईकल र गाजाँ छाडी भागेका थिए । 

हरिवनबाट पक्राउ परेका योञ्जनलाई हिजो सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याई मंगलबार जिल्ला अदालत सिन्धुलीबाट दिन ५ ( पाँच ) म्याद थप गरी थप अनसुन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहाल जानकारी दिनुभयो । 



,

0 comments

Write Down Your Responses