Powered by Blogger.
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु


सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ६ बस्ने ४५  वर्षिय थिर बहादुर बि.क.को मृत्यु भएको हो ।

बुधबार राती ९ः४० बजे फिक्कल गाउँपालिका वडा नं.४ खाङसाङबेसी स्थित मध्य पहाडी लोकमार्गमा खाङसाङ बाट खुर्कोट तर्फ आउदै गरेको बा ४९ प ६७९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

 दुर्घटनामा परी घाईते मोटरसाईकल चालक विकको बाहरी चोटपटक नदेखिए पनि बेहोस भई प्राथिमक उपचार पश्चात थप उपचारको लागी काठमाण्डौ तर्फ पठाईएकोमा उपचारको क्रममा अस्पतालमा आज विहिबार निधन भएको हो । 

मोटरसाईकल पछाडी सबार सोही बस्ने २८ वर्षिय अनिश बि.क.को नाकमा चोट लागेको थियो  ।

मोटरसाईकल भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


, , ,

0 comments

Write Down Your Responses