Powered by Blogger.
सिन्धुलीमा रुख ढाल्ने क्रममा एकको मृत्यु


सिन्धुली- रुख ढाल्ने क्रममा सिन्धुलीको नगरपालिका–१ तिनतले पाखामा आईतबार एक व्यक्तिको रुखको हाँगाले लागेर मृत्यु भएको छ। 

कमलामाई नगरपालिका–५ सिलामेका ३२ वर्षीय लोक नारायण श्रेष्ठको रुखको हागाँले लागेर घटनास्थलमा नै मृत्यु भएको हो।

कमलामाई नगरपालिका -१ तिनतले पाखा स्थित घाघरठाकुर सामुदायिक वन समितिको ठेक्का लागेको चिलाउनेको रुख ढाल्ने क्रममा

 रुखको हागाँ उछीट्टिएर श्रेष्ठको टाउकोमा लागी उनको विहान घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलिका प्रहरी नायब उपरीक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयाे ।  

घटनास्थलमा नै मृत्यु भएको खवर प्राप्त हुन साथ प्रहरी चौकी डाडिँगुरासेबाट प्रहरी टोलि खटि थप अनुसन्धान भइरहेको बताइएको छ।


,

0 comments

Write Down Your Responses