Powered by Blogger.
फिक्कल गाउँपालिकाका सबै वडाहरुको सार्वजनिक सुनुवाई सम्पनन्


सिन्धुली– फिक्कल गाउँपालिका अन्र्तगत सबै वडा कार्यालयहरुले सोमबार सार्वजनिक सुनुवाई सम्पनन् गरेका छन । 

गाउँपालिकाका ६ वटै वडा कार्यालयहरुले आर्थिक बर्ष २०८०/०८१ को दाेश्राे चौमाशिकमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई आयोजना गरिएको हो । 


सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष, वडा सचिब तथा बिषयगत शाखाका प्रमुखहरुले कार्यालयको सेवा प्रवाहको बारेमा उठेका नागरिक सवालहरुमा जवाफ दिएका थिए । 

सहभागीहरुले बिकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका समस्याहरुको उठान गर्दै उक्त समस्या समाधान गर्दै स्थानीय सरकारले  पारदर्शिता, सुशासन र जवाफदेहितामा जिम्मेवार बन्न आवश्यक रहेको सुझाब दिएका थिए । 







,

0 comments

Write Down Your Responses