Powered by Blogger.
हरिहरपुरगढीका कृषकलाई कृषि सामाग्री बितरण



हरिहरपुरगढी– हरिहरपुरगढी गाउँपालिका वडा नं.–४ का कृषकलाई गाउँपालिका कार्यालय कृषि शाखाले बुधबार एक समारोह बीच कृषि सामाग्री प्रदान गरेको छ । 
कृषि शाखाको बार्षिक स्वीकृत मकै पकेट बिकास कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा कृषकहरुलाई विभिन्न् सामाग्रीहरु हस्तान्तरण गरिएको हो । 
हरिहरपुरगढी वडा नं.४ का १८ जना कृषकहरुलाई स्प्रे टयाङकी १८ थान, मोटर पम्प ५ थान, मकै रोप्ने मेशिन १ थान, मकै छोडाउने मेशिन २ थान बितरण गरिएको कृषि उप शाखा प्रमुख प्रवेश देवकोटाले जानकारी दिनुभयो । 
कृषकहरुलाई गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले सामाग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले सामाग्री हस्तान्तरण गर्दै वडा नं.४ बसनलाई मकै पकेट क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकारले कृषकहरुलाई प्रोत्साहन गरिरहेको र उत्साहित भएर कृषिपेशामा लाग्न आग्रह गर्नुभयो । गत आर्थिक वर्षमा पनि गाउँपालिका कार्यालयले मोटरपम्प, मकै रोप्ने मेशिन, पावर टिलर लगायतको सामाग्रीहरु हस्तान्तरण गरेको थियो । 
कृषि उत्पादनलाई बढावा दिनका लागी गाउँपालिका कार्यालयले कृषिमा अनुदानको कार्यक्रम सञ्चालन गरिरहेको र आगामी बर्षमा पनि कृषि र कृषकलाई प्रोत्साहित गर्न अनुदानका कार्यक्रमहरु सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष वाईवाले बताउनुभयो । 


,

0 comments

Write Down Your Responses