Powered by Blogger.
राष्ट्रियसभामा सत्तापक्ष दलको मुख्य सचेतकमा आछामी नियुक्त


सिन्धुली–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गोपी बहादुर सार्की आछामीले राष्ट्रियसभामा सत्तापक्ष दलको मुख्य सचेतकको जिम्मेवारी पाउनुभएको छ । 

सुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आछामीलाई राष्ट्रियसभाको सत्ता पक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोक्नु भएको हो । २०७६ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य बन्नुभएका आछामी २०७८ देखी राष्ट्रिय सभामा नेकपा(माओवादी केन्द्र)को दलको प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्थ्यो । 

को हुन् अछामी ? 

२०६४ को संविधानसभा निर्वाचनमा मोरङ्ग क्षेत्र नं.८ बाट नेकपा(एमाले)का प्रभावशाली नेता गुरु बराल र काग्रेसका नेता अशोक कोइरालालाई हराउँदै संविधानसभा सदस्यमा बिजयी हुनभएका आछामी खेलकुद राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हाली सक्नु भएको छ । सिन्धुली सुनकोशी गाउँपालिका–३ झाँगाझोली रातमाटा बोहोरेटारमा बुवा मुरली आछामी र आमा सीताको कोखबाट २०३१ साल पुष ७ मा जन्मनभएका आछामी पार्टीमा इमान्दार, सरल र क्षमतावान युवा नेताका रुपमा परिचित हुनुहुन्छ ।

माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत राजनीतिमा लाग्नुभएका आछामीको दुई बहिनीहरु निर्मला आछामी र मन्जु आछामी जनयुद्धमा शहीद हुनुभएको छ । जनयुद्धको सुरुवात देखिनै भुमीगत बन्नुभएका आछामी जनयुद्धमा घाईते समेत हुनुभएको थियो । आछामीको सम्पूर्ण परिवार जनयुद्धमा होमिएको थियो । 

सामान्य परिवारमा जन्मनुभएका आछामीले आई.एल.सम्मको शिक्षा हासिल गर्नुभएको छ । आछामी हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ । भने मोरङ जिल्ला इन्चार्जको भूमिका पनि निर्वाह गरिरहनु भएको छ ।



, ,

0 comments

Write Down Your Responses