Powered by Blogger.
नबलपुर-बाहुनतिल्पुङ्ग-चिसापानी सडक कालाेपत्रे हुँदै


फिक्कल(सिन्धुली)- मध्यपहाडी लाेकमार्गकाे फिक्कल गाउँपालिका-२ नबलपुरबाट महेन्द्र राजमार्गकाे धनुषा चिसापानी जाेड्ने उत्तर-दक्षिण सडककाे फिक्कल-२ नबलपुर देखि लुम्ती सम्म ८.५ किलाेमिटर सडक कालाेपत्रे हुँदैछ । 
बागमती प्रदेश सरकार अन्तरगत भाैतिक पुर्वाधार बिकास मन्त्रालयबाट बिनियाेजित रू.२५ कराेड ५० लाख ६१ हजार २४२ रूपैयाँबाट  उक्त ८.५ किमि सडककाे ढल, बाल,ग्याबिन, ढलान र कालाेपत्रेकाे काम २०८१ अशाेज १० सम्म सक्ने ठेक्का सम्झाैता अनुसार तिब्रगतिमा कार्य भईरहेकाे पुर्वाधार बिकास कार्यालय सिन्धुलीका प्रमुख देब नारायण प्रसाद यादबले बताउनुभयाे । 
कार्यालयसँग २०८० असार ११ गते सम्झाैता गरि काम सुरू गरेकाे निर्माण कम्पनिले हाल सम्म ७५% काम सम्पन्न गरिसकेकाे र बाँकी काम सम्झाैता अबधि भित्रै सम्पन्न गर्ने हिसाबले तिब्रगतिमा भईरहेकाे निर्माण कम्पनि सफल/बालकाेट जेभिका साइड ईन्चार्ज अशाेक ठकुरीले बताउनुभयाे । 
सम्झाैता अनुसार आसफल्ट क्रकिट कालाेपत्रे हुने उक्त सडकमा ड्रेन १.१० सेन्टिमिटर, ५.५ मिटर कालाेपत्रे र ७५ सेन्टिमिटर फुटपाथ हुने साथै २० सेन्टीमिटर सबबेस, १५ सेन्टीमिटर बेस र ३ सेन्टीमिटर कालाेपत्रे हुने पुर्वाधार बिकास कार्यालय सिन्धुलीका साईड सुभरभाईजर गाेपाल पहाडीले बताउनुभयाे । 
उक्त सडक निर्माणले तिब्रता पाएसँगै स्थानीयहरू हर्षित भएका छन २०७० सालमै कच्ची सडक निर्माण भएपनि स्थानीयहरू हिउदाेयाममा धुलाे र बर्षायाममा हिलाेका कारण कठिन यात्रा गर्न बाध्य थिए । 
सडक निर्माणले २ नम्बर वडाबासीलाई हर्षित बनाएकाे र अब आर्थिक बिकासले फड्काे मार्ने वडा अध्यक्ष संकर बहादुर भण्डारीले बताउनुभयाे । वडा नं.-२ मा मात्र झण्डै १५ किलाेमिटर उक्त सडक पर्दछ । 

सडक निर्माण नहुँदा बर्सेनि सडक दुर्घटनाका कारण मानवीय क्षति समेत ब्यहाेरिरहेका थिए । सडक कालाेपत्रे हुने भएपछि खुसि ब्यक्त गर्दै फिक्कल-२ का स्थानीय जय प्रसाद न्याैपानेले अब यस क्षेत्रका नागरिकहरूले बर्षाै देखि भाेग्दै आएकाे पीडा अन्त्य हुने बताउनुभयाे । उहाँले भन्नुभयाे, `याे सडक यस क्षेत्रकाे लागि मात्र नभएर उत्तर र दक्षिण जाेड्ने रणनैतिक महत्वकाे सडक हाे साथै याे पर्यटकीय सडक पनि हाे ।´ सडक निर्माणले यस क्षेत्रका नागरिककाे जिवनस्तर परिबर्तनमा महत्वपुर्ण भुमीका खेल्ने उहाँले बताउनु भयाे । 
नबलपुर-बाहुनतिल्पुङ्ग-चिसापानी सडक हिउदयाममा साना सवारी साधन चलेपनि बर्षायाममा सवारी साधन चल्न सक्ने अबस्था अझैपनि छैन । 

दुबै तर्फबाट निर्माणकाे काम सुरू भएकाे उक्त सडककाे दक्षिण तर्फ पनि केही भागमा कालाेपत्रेकाे काम गरिएकाे छ ।
त्यस्तै फिक्कलकै लुम्ती देखि वाक्सुखाेला सम्मकाे १० किलाेमिटर सडक पनि निर्माणकै चरणमा छ । ८ कराेडमा ठेक्का लगाईएकाे उक्त खण्ड  ठेकेदार कम्पनीकाे लापरबाहिका कारण समयमै निर्माण सम्पन्न हुन सकेकाे छैन । 
चिसापानीबाट दुधाैली नगरपालिका-४ डकाहा सम्म कालाेपत्रे सडक निर्माण भैसकेकाे छ भने बिचमा तिनपाटन गाउँपालिका खण्ड भने निर्माण हुने चरणमै रहेकाे छ ।


, ,

0 comments

Write Down Your Responses