Powered by Blogger.
जुनार सुपरजोन सिन्धुलीको सन्देश

सुन्दर सिन्धुली, स्वादिलो जुनार, कृषि आधुनिकीकरण, सबृद्धिको आधार । 

बैशाखको पहिलो हप्तातिर फल केराउको दाना जत्रो हुन्छ र पहिलो प्राकृतिक झराई हुने समय पनि हो । माटो धेरै सुख्खा हुने समय भएकोले बोटको वरिपरि वेशिन बनाई पानि खेर नजाने गरी बिरुवालाई सिचाई गर्ने । असारमा नयाँ बगैचा स्थापना गरी बिरुवा रोप्ने भए बगैचाको रेखाङकन गर्ने, खाडल खन्ने साथै बिरुवाको ब्यवस्था मिलाउने । नर्सरी विरुवामा कलमी गरेको प्लाष्टीकहरु हटाउने । रुटस्टकबाट आएका नयाँ अनावश्यक सकर हटाउने । चाईनिज सिट्स फ्लाई ब्यवस्थापनका लागी क्षेत्रगत कीरा नियन्त्रणको विधि अनुसार प्रोटिन बेट छर्ने । 

फलफुलको बिरुवा रोपेर मात्र हुदैन, यसबाट राम्रो उत्पादन गर्न उचित हेरचाह गर्नुपर्छ । 


प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजना 

जुनार सुपरजोन सिन्धुली  



0 comments

Write Down Your Responses