Powered by Blogger.
सामुदायिक वन उपभोक्ता समूह तथा अन्य महानुभावहरुमा हार्दिक अनुरोध

 👉आगो असल नोकर हो भने खराब मालिक। 

👉 आगोको सानो झिल्कोले वन डढेलोको रुप लिन सक्दछ। 

👉 हाम्रो सानो लापरवाहीले जनधनको क्षति भई ठूलो बिपत्ति निम्त्याउन सक्दछ। 

👉 गर्मी र सुख्खा मौसममा वन डढेलो लाग्ने सम्भावना हुन्छ।

👉 हावाहुरी एवं बतासले यसलाई झन् बढाउँछ।

👉 आगो लाग्नै नदिनु आगलागी तथा डढेलोबाट बच्ने सर्वोत्तम उपाय हो, त्येसैले सावधान रहौँ।

👉 हुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं।

👉 आगो बाल्दा होसियार रहौँ।

👉 आगोको काम सकिएपछि राम्ररी निभाऔं।

👉 सलाई, लाईटर जस्ता आगो बाल्न प्रयोग हुने बस्तुहरु बालबालिकाहरुबाट टाढा एवं सुरक्षित स्थानमा राखौं।

👉 पेट्रोल, डिजेल, खाना पकाउने ग्याँस, मट्टीतेल जस्ता प्रज्वलनशिल पदार्थहरु सुरक्षित स्थानमा राखौं र होसियारी पूर्वक प्रयोग गरौँ। 

👉 चुरोट, बिंडिका बालेका ठूटा जथाभावी नफालौं तथा राँको बालेर नहिडौं।

👉 वन क्षेत्रमा मानिसहरु हिंड्ने बाटोको दायाँ बायाँ रहेका पातपतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थलाई हटाई सफा राखौं।

👉 पानीका मुहान, पोखरी, दहको सुरक्षा गरौँ। 

👉 गाउँ टोलमा वन डढेलोको रोकथाम वारे कुरा गरौं र विपतबाट बचौं।

👉 आगोलागी भई हालेमा सम्बन्धित उपभोक्ता समूह, स्थानीय प्रशासन, सुरक्षा निकाय र डिभिजन वन कार्यालय मरिणमा तुरुन्त खबर गरौँ। 

👉 वन डढेलो लगाउने व्यक्ति पत्ता लगाउन यस कार्यालयबाट समय समयमा ड्रोन उडान गरी वन डढेलोको अनुगमन भैरहेको छ।

👉 वनमा आगो लगाउनु दण्डनीय फौजदारी अपराध हो।

👉 डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौँ र कानूनी कारवाही गरौँ।

👉 वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा वन ऐन २०७६ अनुसार आगजनीबाट वनमा भएको सम्पुर्ण क्षतिको बिगो असुल गरी ३ वर्षसम कैद वा ६०,००० रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। 


डिभिजन वन कार्यालय मरिण द्वारा जनहितमा जारी सन्देश



0 comments

Write Down Your Responses