Powered by Blogger.
सिन्धुलीमा भालुको आक्रमणबाट ८३ वर्षीय वृद्व गम्भीर घाइते


दुधौली, ९ साउन । सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानीका ८३ वर्षीय चन्द्रबहादुर बस्नेत भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् ।
सुक्रबार दिउँसो करिब २ः३० बजे आफ्नै घरदेखि करिब ४ किलोमिटर दक्षिण चुरे जंगलमा बाख्रा चराउने क्रममा अचानक जंगली भालुले आक्रमण गर्दा बस्नेत गम्भीर घाइते भएका हुन्।
घटनास्थलमा बस्नेतसँगै रहेका छिमेकी विरबहादुर श्रेष्ठले घटना लगत्तै उनलाई उद्वार गरी दुधौली नगर अस्पताल सिर्थौली पुर्‍याएका थिए ।  प्रारम्भिक उपचारपछि गम्भीर चोटका कारण थप उपचारका लागि उनलाई काठमाडौं रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ।
भालुको आक्रमणबाट बस्नेतको दायाँ हात र दायाँ खुट्टामा गम्भीर चोट लागेको छ भने उनी बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ।
यसैबीच, स्थानीय बासिन्दाले चुरे क्षेत्रमा पछिल्ला दिनहरूमा वन्यजन्तुहरूको आक्रमण बढ्दै गएको भन्दै सचेतना र सुरक्षाकाको माग गरेका छन्।


, ,

0 comments

Write Down Your Responses