मतदाता नामावली अद्यावधिक कार्य साउन, भदौ महिनामा देशभर सञ्चालन गरिने आयोगको सूचनामा उल्लेख छ। यस कार्यक्रमअन्तर्गत मतदाताहरूले आफ्नो नाम, ठेगाना, मृत्यु विवरण, दोहोरो नाम, स्थान परिवर्तन लगायत विवरण अद्यावधिक गराउन सक्नेछन्।
प्रमुख कार्यतालिका यसप्रकार छ:
१. मतदाता नामावली प्रकाशन:
साउन १४ गते आयोगको वेबसाइट (https://www.election.gov.np) मार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशित हुनेछ।
२. उजुरी तथा सिफारिस दिने समय:
साउन १५ देखि २२ गतेसम्म, मतदाता नाम समावेश गर्न छुट भएकाको निवेदन, मृत्यु भएका वा अयोग्य मतदाताको हटाउने सिफारिस, नाम, ठेगाना, लिङ्ग वा विवरण मिलान गर्न उजुरी, दोहोरो विवरण हटाउने लगायत कार्यहरू अनलाइन (https://applyvr.election.gov.np) वा कार्यालयमा प्रत्यक्ष सम्पर्कमार्फत गर्न सकिनेछ।
३. स्थानीय तह र वडा कार्यालयको समन्वयमा विवरण सङ्कलन:
साउन २२ गतेदेखि भदौ ९ गतेसम्म विवरण सङ्कलन तथा अघिल्लो चरणमा प्राप्त सुझावको समीक्षा गरिनेछ।
४. उजुरी परेको विवरणको प्रमाणीकरण:
साउन ३० देखि भदौ ९ गतेसम्म उजुरी परेको विवरणको प्रमाणीकरण तथा अनुमोदन कार्य हुनेछ।
५. आवश्यक निर्णयहरू र अन्तिम तयारी:
भदौ ३ र ८ गतेभित्र नाम हटाउने, समावेश गर्ने, दोहोरिएको नाम मिलाउने, निर्णयहरूको कार्यान्वयन गरिनेछ।
६. अन्तिम मतदाता नामावली प्रकाशन:
भदौ २५ गते अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ।
निर्वाचन कार्यालयले सबै नागरिकलाई समयमै विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। विशेष गरी १६ वर्ष पूरा गरेका र आगामी निर्वाचनमा भाग लिने इच्छा भएका नागरिकहरूलाई आफ्नो विवरण समावेश गराउन अनुरोध गरिएको छ। साथै मृत्यु भएका वा अयोग्य ठहरिएका व्यक्तिहरूको नाम हटाउन सम्बन्धित परिवार वा प्रतिनिधिले प्रमाणसहित निवेदन दिन सक्नेछन्।
0 comments
Write Down Your Responses