Powered by Blogger.
१३ हजार बढि सवारी कार्वाहीमा, सवा कराेड बढि राजस्व संकलन


सिन्धुली,१३ साउन ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवा कराेड  बढि राजस्व संकलन गरेको छ । 

ट्राफिक प्रहरीले आर्थिक बर्ष २०८१/ ८२ मा ट्राफिक नियम उलंघन गर्ने १३ हजार १ सय ४७ सवारी साधनबाट १ कराेड १९ लाख ९९ हजार २६ रूपैया राजश्व संकलन गरेकाे हाे । 

ट्राफिक नियम उलंघन गरि कार्वाहिमा पर्ने सवारीमा सबैभन्दा बढि कार,जिप र भ्यान रहेका छन । 

ट्राफिकले ५ हजार ३ सय ३४ कार,जिप भ्यानकाे कार्वाहिबाट ४८ लाख ९४ हजार ५ सय १२,  २ हजार २ सय २७ बस कार्वाही बाट १९ लाख ९८ हजार १, २ हजार १ सय २९ ट्रक कार्वाही बाट २० लाख ७४ हजार १ ,  ३ सय ३४ वटा ट्याक्टर कार्वाही बाट २ लाख ७५ हजार ५ सय, २हजार १ सय ४१ मोटर साईकल कार्वाही बाट १९ लाख ८ हजार २ रुपैयाँ र ९ सय ७४ टेम्पाेबाट ८ लाख ४९ हजार कर असुली गरेको कार्यालयले जनाएकाे छ। 

जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले मादक पदार्थ सेवन, ओभरलोड, सवारीसाधन चालक अनुमतिपत्र नभएका, ओभरस्पिड, ट्राफिक नियमको उल्लङ्घन गरेका सवारी साधनलाई दुर्घटना न्युनिकरणका लागि कारबाही गर्ने गरेको जनाएको छ ।


ट्राफिकले सवारी साधनलाई बढी कार्वाही गरेर कसरी बढी राजस्व संकलन गर्न सकिन्छ भन्ने उदेश्य नभई चालकहरुलाई सुधार गरी कसरी दुर्घटना कम गर्न सकिन्छ भन्ने अभिप्रायले पटक पटक सबारी चालक तथा यात्रुहरु लाई सडकमै पुगेर सचेतना मूलक प्रचारात्मक अभियान सञ्चालन गरेको ट्राफिक प्रहरी सिन्धुली प्रमुख माेहमद कलिम अन्जुमले  बताउनुभयाे । जिल्लाका सामुदायीक तथा संस्थागत बिद्यालयमा पुगेर ट्राफिक प्रहरीले बिद्यार्थी हरुलाई ट्राफिक नियम सम्बन्धि तालिम समेत प्रदान गरेको छ ।

त्यस्तै सिन्धुलीमा गत आर्थिक बर्षमा २ सय ५ सवारी दुर्घटनामा परि ३० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा मृत्यु हुनेमा २२ पुरुष, ३ महिला र पाँचजना बालबालीका रहेका छन । 

सवारी दुर्घटनामा परि ९१ जना गम्भीर घाईते, ४ सय ३० जना सामान्य घाईते, २ सय ८ वटा सवारी क्षति  हुँदा २ कराेड २७ लाख ७० हजार मूल्य बराबर क्षति भएकाे ट्राफिक प्रहरीले जनाएकाे छ । 

तथ्याकं अनुसार सबैभन्दा बढि १ सय ३६ वटा माेटरसाईकल दुर्घटनामा परेका छन । 

पछिल्लो समयमा ट्राफिक प्रहरीले सचेतना मुलक कक्षा संचलन गर्नुका साथै ट्राफिक नियम कडाईका साथ लागु गरेपछि क्षमता भन्दा बढी यात्रु बोक्ने र छतमा यात्रु राख्ने काम बन्द हुनुका साथै सबारी दुर्घटनामा समेत कमि आएको छ । जिल्लाको टोलटोलमा कच्ची सडक पुगेको र सडकको अबस्था खराब भएका कारण सबारी दुर्घटना हुने गरेको जनाईएको छ ।


, ,

0 comments

Write Down Your Responses