Powered by Blogger.
ब्राउन सुगरसहित दुई भारतीय नागरिक सिन्धुलीको भिमानबाट पक्राउ


सिन्धुली, १३ साउन। प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले सिन्धुलीको भिमानबाट पक्राउ गरेको छ।
मङलबार  बिहान विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिपि राजमार्ग स्थित कमलामाई नगरपालिका–९ स्थित भिमान बजार चेकपोष्टमा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६०४२ नम्बरको हायस गाडीलाई रोकी जाँच गर्दा गाडीको अगाडिको सिटमा बसेका भारतको बिहार राज्य, अररिया जिल्ला, खजुरवाडी–५ जोगवनी हरिपुरका तवरेज मियाका छोरा, करिब ३० वर्षीय मोहम्मद रिजवानको कालो पाइन्टको दायाँ गोजीबाट लुकाइ छिपाइ राखिएको अवस्थामा खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थ मान्यता प्राप्त तराजुबाट तौल गर्दा शुद्ध ११.५८ ग्राम रहेको पाइएको हो। सोही लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा भारतकै ३५ वर्षीय मोहम्मद इकरारलाई समेत पक्राउ गरिएको छ।

दुबै जनालाई आवश्यक अनुसन्धान र कारवाहीको लागि इलाका प्रहरी कार्यालय भिमानमा बुझाइएको ब्युराेले जनाएको छ।


,

0 comments

Write Down Your Responses