Powered by Blogger.
बातावरणमैत्री स्थानीय शासन कार्यक्रममा झण्डै १ करोड खर्च

  • बुद्धकुमार आछामी

सिन्धुली/२३ असार/बातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत सिन्धुली जिल्लामा झण्डै १ करोड रुपैयाँ खर्च भएको छ । 
बातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत आर्थीक वर्ष २०७१ ०७२ मा जिल्लाका ५ वटा गाविसहरुमा १५ लाख रुपैयाँका दरले ७५ लाख र जिल्ला विकास समिति सिन्धुलीले ५ लाख गरी ८० लाख रुपैयाँ खर्च भएको छ भने कमलामाई नगरपालिका कार्यालयको रु १२ लाख रुपैयाँ सहित ९२ लाख रुपैयाँ खर्च भएको बुधबार एक कार्यक्रम बीच सरोकारवालाहरुलाई जानकारी गराइएको छ । 
उक्त रकमले कमलामाई नगरपालिका र कार्यक्रम सञ्चालन भएका गाविसहरुलाई बातावरण मैत्री बनाउन विभिनन् गतिविधीहरु सञ्चालन गरिएको छ ।
बातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत जिल्ला उर्जा तथा बातावरण शाखाले सुधारीएको चुल्हो प्रबद्र्धन तथा जडान सम्बन्धी जिल्ला स्तरिय तालिम सञ्चालन, घरभित्रको धुवामुक्त गाविसको घोषणा, खानेपानी मुहान सुधार कार्यक्रम, गाविस तथा उपस्वास्थ्य चौकीमा सुन्दर वगैचा निर्माण कार्यक्रम, सुधारिएको चुल्हो मर्मत तथा निर्माण कार्यक्रम लगायतका गतिवीधीहरु सञ्चालन गरेको छ । जस अन्र्तगत बितिजोर र भद्रकाली गाविसलाई घरभित्रको धुवामुक्त गाविसको रुपमा घोषणा गरिसकिएको छ भने भिमस्थान, भुवनेश्वरी र डाडीगुरासे गाविसलाई पनि घरभित्रको धुवामुक्त गाविसको रुपमा घोषणा गर्ने तयारी भईरहेको जनाइएको छ । 
त्यस्तै कमलामाई नगरपालिका कार्यालयले बातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत नगरपालिकाका विभिनन् वडाहरुमा नदि कटान क्षेत्रमा बास, अम्रिसो जस्ता बोटविरुवा लगाई माटो संरक्षण, नदि नियन्त्रण कार्यक्रम, नर्सरी स्थापना, सडक छेउमा विरुवा रोप्ने कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रम अन्तर्गत १० हजार अम्रिसो, ८ सय बाँस र २ सयँ भन्दा बढी अन्य प्रजातीका विरुवाहरु रोपीएको जनाइएको छ । 
बातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत बुधबार जिल्ला विकास समिति सिन्धुली र कमलामाई नगरपालिका कार्यालयले सयुक्त एक कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुलाई जानकारी गराएका हुन । स्थानीय विकास अधिकारी प्रदिप कुमार निरौलाको सभापतित्वमा सम्पनन् कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाली काग्रेसका खड्ग बहादुर वाईवा, नेकपा(एमाले)का प्रदिप कट्वाल, एकीकृत माओवादीका राजन दाहालले बातावरणमैत्री स्थानीय शासन कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाब दिएका थिए । 
कार्यक्रममा बातावरणमैत्री स्थानीय शासन कार्यक्रमका वातावरण विद एकराज सिग्देलले वातावरण मैत्री स्थानीय शासन सम्बन्धी र नीति र कार्यविधीको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता रहेको थियो । 
सरकारले बातावरणमैत्री स्थानीय शासन प्रारूप २०७० तयार गरेर कार्यत्रम सञ्चालन गरीरहेकाे छ । साेही कार्यत्रम अन्तर्गत सीन्धुलीका ५ वटा गाविस र कमलामाइ नगरपालिकामा यस अाथिक वर्षमा कार्यत्रम सञ्चालन भएकाे हाे । 


,

0 comments

Write Down Your Responses