मोदीको ट्वीटबाट थाहा भयो प्रधानमन्त्रीको जन्मदिन
२७ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको जन्मदिन कहिले हो धेरै नेपालीहरुलाई पत्तो पाएनन् ।
मोदीले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई ट्वीटरमार्फत् जन्मदिनको शुभकामना दिएपछि उनको जन्मदिन आज रहेछ भन्ने थाहा भयो ।
मोदीले ट्वीट गरेका छन्, ‘नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई जन्मदिनको शुभकामना । उनी राजनीतिमा अनुभवी र दिग्गज नेता हुन् । म उनको दीर्घायू र सुस्वास्थ्यको कामना गर्दछु ।’
0 comments
Write Down Your Responses