Powered by Blogger.
मानवअधिकार अनुगमन सम्बन्धी अभिमुखीकरण


बुद्धकुमार आछामी 
सिन्धुली/२७ श्रावण/प्राकृतिक प्रकोप पछिको अवस्थामा मानव अधिकार अनुगमन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न् भएको छ । 
सहभागीहरूलाइ सहजीकरण गर्दै बासुदेव गुरागाइ
वैशाख १२ र २९ गते गएको विनासकारी भुकम्प पछि स्थानीय स्तरमा भएका मानवअधिकारका उल्लंघनका घटनाहरुको अनुगमनका लागी गाउँ–गाउँमा जाने स्वयमसेवकहरुलाई मानवअधिकार अनुगमन सम्बन्धी आधारभुत विषयमा अभिमुखीकरण गरिएको हो । 
कार्यक्रममा सहभागीहरुलाई राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकारको अवधारणा, मानवअधिकार घुम्ती शिविरको अवधारणा र कार्यनिर्देशीका, मानव अधिकार अनुगमन, प्राकृतिक प्रकोप पछिको अवस्थामा मानव अधिकार अनुगमन र चेकलिष्ट, मानव अधिकार हनन्का घटनाहरुको दस्तावेजीकरण र प्रतिवेदन लेखन साथै मानव अधिकार रक्षकको भुमीका र आचारसंहिताको बारेमा अभिमुखीकरण गरिएको छ । 
राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार घुम्ती शिविर कार्यक्रमका संयोजक बासुदेव बजगाई, मानव अधिकार आयोगका श्यामबावु काफ्ले र नेपाल बार एशोसीयनसनका प्रतिनिधी अधिवक्ता शतिसराज मैनालीले सहजीकरण गरेका थिए । 
प्रमाणपत्र बुझ्दै संयाेजक संजय दाहाल
प्राकृतिक प्रकोप पछिको अवस्थामा मानव अधिकार अनुगमनका लागी युएनडिपीको सहयोगमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, नेपाल बार एशोसीएशनले सयुक्त रुपमा १४ जिल्लामा सञ्चालन गरेको मानवअधिकार घुम्ती शिविरलाई सिन्धुली जिल्लामा सञ्चालन गर्नका लागी गैर सरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष संजय दाहालको संयोजकत्वमा ७ सदस्यीय जिल्ला संयोजन समिति बनाइएको छ । 
विपत्ति पछिको परिवेशमा भएका मानवअधिकार उल्लंघनका घटनाहरुको अनुगमन र अध्यन गर्न भाद्र १ गते देखी गाउँगाउँमा स्वयमसेवकहरु परिचालन गरिने जिल्ला संयोजक संजय दाहालले बताए । मानव अधिकार उलंघनका घटनाहरु भएमा जिल्ला संयोजन समितिको कार्यालयमा आएर पीडितले उजुरी दिन सक्ने वा गाउगाउँमा खटिएका स्वयमसेवकहरु मार्फत पनि उजुरी गर्न सकिने व्यवस्था रहेको संयोजक दाहालले जानकारी दिए । 
विशेषत मानवअधिकार घुम्ती शिविर अन्र्तगत बालवालिकाको अधिकार, शिक्षाको अधिकार, महिला अधिकार, जेष्ठ नागरीकको अधिकार, अपांगता भएका व्यक्तिहरुको अधिकार, भेदभाव विरुद्धको अधिकार, सिमान्तकृत समुदायको अधिकार, खाद्यान्नको अधिकार, आवासको अधिकार, सरसफाई र स्वास्थ्यको अधिकार, सामाजिक सुरक्षा, पारदर्शीता, जवाफदेहिता र सुशासन, विपत व्यवस्थापन कार्य, निती योजना, द्धन्द्ध प्राकृतिक प्रकोप र पीडितका अधिकार लगायतका विषयलाई केन्द्रित गरेर मानवअधिकारको अनुगमन गरिने जनाइएको छ । 


, ,

0 comments

Write Down Your Responses