Powered by Blogger.
ओझेलमा माझी जाती र सस्कृती

बुद्धकुमार आछामी
सिन्धुली, २८ श्रावण, आफ्नो छुट्टै भाषा, धर्म, सस्कार, सस्कृति र परम्परा भएको नेपालका प्रमुख आदिवासी जनजाति मध्ये माझी जाति पनि एक हो । तर आफ्नै खालका सस्कार सस्कृति भएपनि यस्को उचित संरक्षण र सम्बद्र्धनको अभावमा उनिहरुको जातिय पहिचान र सस्कृति ओझेलमा पर्दै गएको छ । 
अाफ्नाे सस्कृती प्रदर्शन गर्दै माझी जातीका कलाकारहरू । फाइल फाेटाे 
आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले गरेको वर्गीकरण अनुसार यो जाति अति सिमान्तकृत जनजाति भित्र पर्दछ । खोलाको किनारमा मात्र बसोबार गर्ने यो जातिको पुख्र्यौली पेशा भनेको माछा मार्ने, डुंगा चलाउने र खेतिपातिको काम गर्ने हो । अहिले जिल्लामा पुख्र्यौली पेशामा आबद्ध माझि समुदायको संख्या अत्यन्तै न्युन रहेको माझी उत्थान संघका जिल्ला अध्यक्ष बविन्द्रलाल माझी बताउछन । उनिहरुको आफ्नै भाषा , धर्म, सस्कृति र परमरा भएपनि अहिले त्यो लोपहुँदै गएको अवस्था छ । आफ्नो परम्परागत सस्कार र सस्कृतिको रक्षा गर्ने कुरामा माझि जाति स्वयम सचेत हुन जरुरि देखिन्छ भने राज्यले पनि उनिहरुको संरक्षणका लागी समयमा नै उचित कदम चाल्न जरुरी देखिन्छ । 
नेपाल सरकारको २०६८ सालको जनगणना अनुसार सिन्धुली जिल्लामा माझि जातिको जनसंख्या १२ हजार भन्दा वढी रहेको छ । देशभरिको जनगणनाको अवस्था हेर्ने हो भने सिन्धुली जिल्ला नै माझि जातिको बाहुल्य भएको जिल्ला हो । सिन्धुली जिल्लामा ५३ वटा गाविसहरु मध्ये ३२ वटा गाविसमा माझि जातिको बसोबास रहेको  छ । 
जिल्लाको अत्याधीक उर्वर भुमी मानिने मरिणखोला, कमलाखोला र सुनकोशी गढतिर क्षेत्रमा माझि जातिको बसोबास रहेको पाइन्छ । 
माझि जाति आर्थीक, शैक्षिक, राजनैतिक हिसाबले पछि परेको अभ्यक्ष बबिन्द्रलाल माझी बताउछन । खोलाको किनारमा बस्ने भएकाले खोलाले खेत बगाईदिदा यी जातिका परीवारको आर्थीक अवस्था झन कमजोर हुने गरेको उनको भनाई छ । 
माझी भाषा त झन नगण्य मान्छेहरुले मात्र बोल्ने हुँदा यो भाषाको लोप हँुदै गईरहेको छ । यदी तत्काल कुनै कदम नचाल्ने हो भने लोप नै हुन्छ । कम्तीमा पनि प्राथमिक शिक्षा अनिवार्य रुपमा माझी भाषामा नै पढ्न पाउनु पर्ने माझी जातिको माग छ । यो कुरा लागु गर्न सकिए लोप हुनै लागेको माझी भाषा बचाउन सकिने उनीहरुको विस्वास छ ।
माझीहरु आफूलाई तान्त्रिक धर्मालम्बी भन्ने गर्छन् । पूजाको लागि यिनीहरुको कुनै मन्दिर वा मान्छेले बनाएको मूर्ति हुँदैन । जँगल तथा खोलाको किनारमा अस्थायी रुपमा देव देवीहरुको प्रतीक बनाइ बनाइएको विशेष पवित्र ठाउँ नै यो जातिको लागि पूजा गर्ने ठाउँ हो । 
पछिल्लो समय आधुनिकताको प्रभावले यिनीहरुको सांस्कृतिक जीवनशैली धराशायी बन्दै गइरहेको छ । भाषाको लोप हुने क्रम एकदमै तीब्र हुँदै गइरहेको छ । त्यसैले सांस्कृतिक अतिक्रमण कम गरी समय सापेक्ष संस्कृतिको निर्माण तर्फ पाइला चाल्नु र माझी भाषाको संरक्षण गर्नु नै अहिलेको आवश्यकता भएको बबिन्द्रलाल बताउछन । सरकारको तर्फबाट गरिने विकासे गतिविधीले यिनीहरुमा पारेको प्रभावको वास्तविक लेखाजोखाको अभाव हुनु र त्यस अनुरुप आर्थिक सहयोग उपलब्ध गराउन नसक्दा यो जाति झन झन गरिबीको दलदलमा फस्दै गइरहेको अवस्था छ । 
माझि जातिको उत्थान र सस्कृति संरक्षणमा क्रियाशिल माझि उत्थान संघ सिन्धुलीले भने सिन्धुली जिल्ला भरिको माझि जातिको तथ्याङक संकलन र विश्लेषण गर्ने काम सुरु गरेको बताएको छ । स्थानीय स्तरमा केहि गाविसहरुले माझी जातिको सस्कृतिको विकासको लागी केहि खर्च गरेको भएपनि जिविस सिन्धुलीको तर्फबाट खर्च हुने बजेटमा खासै बजेट विनियोजन गरेको देखिदैन । विगत २ वर्ष यता देखी अहिले सम्म ३ लाख भन्दा वढी बजेट विनियोजन हुन सकेको अवस्था छैन त्यो पनि माझी जातिको उत्थान र संरक्षणमा भन्दा पनि अन्य योजनाका लागी विनियोजन गरिएको छ । आगामी दिनमा सम्बन्धीत पक्षले माझि जातिलाई माथि उठाउनका लागी र उस्को सस्कृतिको सम्बद्र्धनका लागी रणनैतिक योजना बनाएर कार्यान्वयन गर्न सकेमा ओझेलमा परेको माझि जाति र सस्कृति माथि उठाउन सहयोग पुग्ने स्थानीयहरु बताउछन । 


, , ,

0 comments

Write Down Your Responses