Powered by Blogger.
विभिन्न मन्त्रालयका ११ सचिवको सरुवा

२९ साउन, काठमाडौं । मुख्य सचिव नियुक्तिपछि रिक्त रहेको स्थानीय विकास सहित बिभिन्न ११ वटा मन्त्रालय र विभागमा सचिवहरुको हेरफेर तथा सरुवा भएको छ । विहीवारकै मन्त्रिपरिषद बैठकले गरेको सरुवासम्बन्धी २४ घण्टापछि कार्यान्वयनमा आएको हो ।

को कहाँ ?
सोमलाल सुवेदी मुख्य सचिव भएपछि रिक्त रहेको स्थानीय विकास मन्त्रालयको सचिवमा माधव रेग्मी पुगेका छन् । त्यस्तै राजश्व सचिवमा राजन खनालको सरुवा भएको छ । यसअघि राजश्व सचिव रहेका नवराज भण्डारीले अमेरिकाको ग्रीनकार्ड रोजेर राजीनामा दिएका थिए ।
भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा गजेन्द्र ठाकुर सरुवा भएका छन् । तुलसी सिटौलाले अवकाश पाएपछि सो मन्त्रालय खाली थियो ।
त्यस्तै राष्ट्रिय योजना आयोगमा सुरेशमान श्रेष्ठ, पर्यटन मन्त्रालयमा दिनेश थपलिया, सामान्य प्रशासन मन्त्रालयमा टंकमणी शर्मा र निर्वाचन आयोगमा शारदा प्रसाद त्रिताल सरुवा भएका छन् ।
शंकरप्रसाद अधिकारी गरिवी निवारण तथा अनुप उपाध्याय सिंचाइमा सरुवा भएका छन् ।


0 comments

Write Down Your Responses