Powered by Blogger.
नेपाल बन्द दिउँसो एक बजेपछि फिर्ता

३२ साउन, काठमाडौ । नेकपा-माओवादी जनजाति तथा मधेसी दलले गरेको नेपाल बन्द आज दिउँसो १ बजेपछि खुल्ने भएको छ ।
प्रहरीले आन्दोलनकारीहरुलाई सडकमा उत्रिनै नदिएर पक्राउ गरेपछि दोस्रो दिनको बन्दको प्रभाव कम परेको छ । बन्दको प्रभाव कम परेपछि सोमवार दिउँसो १ बजेदेखि बन्द फिर्ता लिने आन्दोलनरत दलहरुले तयारी गरेको माओवादीका एक नेताले बताए ।
राजधानीमा प्रदर्शनको तयारी
काठमाडौ, भक्तपुर र ललितपुरका आन्दोलनरत दलका कार्यकर्ताहरुलाई काठमाडौको रत्नपार्कका केन्द्रित गरी प्रदर्शनको तयारीसमेत गरिएको माओवादीले जनाएको छ । माओवादीसहित आन्दोलनरत दलका शीर्ष नेताहरुको नेतृत्वमा प्रदर्शन गर्ने तयारी गरिएको हो । काठमाडौको ठाउँबाट प्रदर्शन गरी दिउँसो १२ बजे रत्नपार्क शान्ति बाटिकामा सभा गरिने माओवादीले जनाएको छ । शान्तिबाटिकाको सभालाई माओवादी महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी पोलिटब्युरो सदस्य दिनेश शर्माले जानकारी दिए ।


,

0 comments

Write Down Your Responses