Powered by Blogger.
एेतिहासीक सिन्धुलीगढी(बिजयकिल्ला) एक परीचय

सिन्धुलीगढी
सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनितिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ कि.मी.को तन्काइमा रहेको महाभारत पर्वतको झण्डै मध्यभागमा करीव ५९ कि.मि. को विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट वि.पि.राजमार्गको सिन्धुलीमाढी – खुर्काेटको करीव २० कि.मी.को दूरीमा रहेको छ । सिन्धुलीगढीले  इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रुपमा परिचित डोयहरुको काठमाण्डौ आक्रमण अर्थात वि.सं. १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राजनितिक, प्रशासनिक,सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ । यो गढीको स्थापना तथा ऐतिहासिक घटनाक्रमहरुलाई तल प्रस्तुत गरिएको छ ।    
फाइल फाेटाे 
सिन्धुलीगढीको स्थापना
(क) डोयहरुको लुटपाट र सिन्धुलीगढी
विक्रम सम्बत् १३६७ मा सिम्रौनगढका सेनाहरुले (डोयहरु) काठमाण्डौमा ब्यापक लुटपाट गरेर वनेपा हँुदै विदेह (जनकपुर÷सितामाढी) फर्किएका थिए । कमलामाई मन्दिरमा वि.सं. १०३४ मा चढाइएको मुकुटबाट सिन्धुली अन्तर्गतको कमलानदीमा अबस्थित कमलामाई मन्दिरमा आउने धर्मावलम्बिहरु आज भन्दा करिव १०३० वर्ष अगाडि पनि रहेको बुझिएकोले सिन्धुलीमाढी हुँदै तराई क्षेत्र होस् वा दोलखा काठमाण्डौ होस जाने मुख्य वाटोको रुपमा सिन्धुली गढी रहेको सहजै अनुमान गर्न सकिन्छ । मुलकोट, खुर्काेट जस्ता कोट लाागेका स्थानहरुले पनि प्राचीनकालदेखि नै यो बाटो अस्तित्व रहेको प्रमाणित हुन्छ । 
(ख) सुल्तान समसुद्दीनको काठमाण्डौ आक्रमण र सिन्धुलीगढी
डोयहरुले काठमाण्डौ लुटपाट गरेको करीव ४० वर्ष पछाडि फेरि पनि वि.सं. १४०६ मंसिरमा राजा जयस्थिति मल्लको पालामा बंगालको सुल्तान समसुद्घिन इलियासले काठमाण्डौ लगभग ध्वस्त वनाएर बंगाल फर्किदा पुनः सिन्धुलीगढीको बाटो फर्किएपछि सिन्धुली गढीलाई प्रमुख रणनितिक नाकाको रुपमा लिएर शशक्त वनाइएको हुन सक्छ । सिन्धुली गढी तत्कालीन मकवानी राज्यको महाभारत सीमानामा पर्ने हुँदा मकवानी शासकले वनाएको भन्दा पटक पटक काठमाण्डौ माथि आक्रमण हुँदा यही नाकाबाट शत्रुहरु आउने भएकोले काठमाण्डौ तत्कालीन शासक जयस्थिति मल्लले वि.सं. १४११ र १४५२ को वीचमा यसको निर्माण गरेको हुनुपर्दछ । (सन्दर्भ नेपालको इतिहाँस डा. सुरेन्द्र के.सी.)
(ग)  यक्षमल्लको राज्य विस्तार र सिन्धुलीगढी
समयको अन्तराल सँगै जयस्थिति मल्लका नाती यक्षमल्लले मिथिला, मोरङ्ग र मगध राज्य माथि आधिपत्य लिएपछि नियन्त्रणमा लिएका राज्यहरुका पूर्व शासकहरुले पुन कान्तिपुरमाथि आक्रमण गर्न नसकून भनेर वि.सं. १५०० तिर यस गढीमा सैन्यसंख्या वढाई शसक्त वनाएका थिए । पछि मिथिला, मगध लगायत बंगालका ब्यापारहरुलाई दोलखा, काठमाण्डौ बनेपासम्म ब्यापार गर्नको लागि आवत जावत गर्ने प्रमुख नाकाको रुपमा सिन्धुलीगढी रह्यो । (सन्दर्भ नेपालको इतिहाँस डा. पेशल दाहाल)


(घ) शिवसिं मल्लको आक्रमण र सिन्धुलीगढी
वि.सं. १६५७ कान्तिपुरका तत्कालीन राजा शिव सिं मल्लले मकवानपुर, सिन्धुली र मोरङ्गमा आधिपत्य लिएपछि बंगालका शक्तिशाली शासकहरुले कान्तिपुर माथि सैन्य कार्यबाही गर्ने प्रवल सम्भावना देखेर सिन्धुलीगढीमा यी राजाले यक्षमल्लले भन्दा बढी निगरानीका साथ लडाकुहरुको ब्यवस्था गरेका थिए । (सन्दर्भ सामाजिक शिक्षा कक्षा ९)
(ङ) किनलक अभियान र सिन्धुलीगढी
कीर्तिपुरको पतनले जयप्रकाश मल्ल ज्यादै आतंकित भए किनकी अव पालो उनैको आएकोमा सन्देह रहेको थिएन । तर उनी गर्न पनि केही सक्दैनथे । कीर्तिपुरको पहिलो युद्घमा गौर्खाको विरुद्घमा सामुहिक कार्यको अगुवा उ नै रहेको भए तापनि लगत्तै पछि पृथ्वीनारायण शाहसँग वाणिज्य सन्धि गरी उनले आफूलाई अन्य मल्ल राजाहरुको नजरबाट गिराइ सकेका थिए । फेरि शत्रुलाई कोठेवारीमा खेलिरहन दिनु पनि कुनै दृष्टिबाट कल्याणप्रद थिएन । त्यसैले विपदको यस घडीमा यिनले अंग्रेजहरुको शक्तिबाट आफ्नो अस्तित्व वचाउनुमा नै आफ्नो एक मात्र विकल्प देखे । 
यसपूर्व नै काठमाडांैमा अनेक पादरीहरु आफ्नो धर्म प्रचारमा ब्यस्त थिए । गोर्खाको आर्थिक नाकावन्दिको असरबाट उनीहरु पनि स्वतन्त्र थिएनन् । त्यसैले उनीहरु पनि जयप्रकाशलाई आफ्नो वचाउका लागि भारतस्थित कम्पनीसँग सहयोग माग्न उकासिरहेका थिए । तदअनुरुप वि.सं. १८२४ मा राजा जय प्रकाश मल्लले उमदा र फकिर रामदासलाई वकिल बनाई वेतिया पठाए ।
उनीहरुले पनि त्यहाँ कम्पनीका दूत गोल्डिङ्गसँग वार्ता गरी आफ्नो उद्देश्यको वारेमा प्रष्ट पारे । उनले पनि काठमाण्डौमा पस्न सकेको खण्डमा चीन र तिब्ब्तसम्म ब्यापार पनि गर्न र नेपालमा पाइने अन्य खनिज र वन्य सम्पदाहरु आफ्नो निम्ति उपयोग हुने सम्झी सिफारिशसाथको पत्र पटनास्थित अंग्रेज हाकिम टोमस रम्बोल्ड छेउ पु¥याए । यसै ताका पृथ्वीनारायण शाहले पनि अंग्रेजसँग अनावश्यक तनाव किन ब्यहोर्ने भनी मित्रताको निम्ति एउटा पत्र पठाइसकेका थिए । तर रम्बोल्डले पनि जयप्रकाश मल्ललाई नै सहयोग गर्नु बढी उचित हुने आशयको सिफारिश कलकत्तास्थित गभर्नर जनरल वेरेल्स्ट सामु वि.सं. १८२४ मै पेश गरे । अन्तमा कलकत्ताको विषय समितिले विस्तृत छलफल गरी जयप्रकाशलाई सहयोग गर्नु नै अंग्रेज हितका निम्ति बढी लाभप्रद हुने ठह¥याई त्यसै गर्ने निर्णय ग¥यो । 
त्यस बेलामा भएको निर्णय अनुसार पटनास्थित आफ्ना प्रतिनिधिहरुलाई सम्बोधन गर्दै पृथ्वीनारायण शाहलाई सतर्क राख्ने, अन्यथा आक्रमण पनि गर्न सकिने आशयको चेतावनी दिने अनुमति दिइयो । तदनुरुप नभएमा आवश्यक सैनिक योजना मिलाउन किनलकलाई पनि आदेश दिइयो ।
केन्द्रको आदेशानुसार पृथ्वीनारायण शाहलाई नेपालको घेरा उठाउनु र हाम्रा मित्र राजा जयप्रकाशका उपर फेरि हमला नगर्नु , यदि यस्तो नभएमा कम्पनीको मर्यादाको रक्षाका निम्ति तिमीलाई हामी शत्रु घोषित गर्ने छौं  भन्ने आशयको पत्र पठाइयो । तर पृथ्वीनारायण शाहले यो धम्किले भरिएको पत्रमाथि कुनै वास्ता राखेनन् । उल्टै यस प्रति नकरात्मक भावले भरिएको प्रतिउत्तर गरे ।
यता रम्बोल्डले पनि अनेक प्रकारबाट सैनिक कार्यवाहीको निम्ति लिनु पर्ने सूचनाहरु संकलन गर्न थालिसकेका 
थिए । खास गरी त्यस क्षेत्रमा आक्रमण गर्नका लागि हुनु पर्ने भौगोलिक स्थितिको ज्ञान र रसद पानी तथा गोर्खाली शक्तिबारे आवश्यक जानकारी लिइयो ।
सैनिक अभियानको आवश्यक तयारीपछि विषय समितिले मुख्य रुपमा दुइवटा निर्देशन सहित आक्रमण गर्न आदेश दिइयो । ति निर्देशन हरु थिए —
- किनलक नपुग्दै गोर्खाले उपत्यका जितिसकेको भए आफ्नो कार्यवाही रोक्नू
- मौसम र देशको प्रकृति विपरित भए कार्यवाही अगाडि नवढाउनू
- शत्रुहरुको शक्ति आफ्नो भन्दा ठूलो भए कार्यवाही रोक्नू
आदेशानुसार वि.सं. १८२४ को कार्तिकमा २४०० जना सैनिक लिएर क्याप्टन किनलक गोर्खा विरुद्घ कार्यवाही गर्न हिँडे । यता पृथ्वीनारायण शाहलाई अंग्रेजको रवैया बुझ्न कुनै बेर लागेन । आक्रमण अवश्य नै हुने निश्चय भएपछि उनले पनि सम्भावित आक्रमणका गौंडाहरुमा सैनिक प्रतिकारको तयारी गर्न आदेश दिए । तदनुरुप खजान्ची विरभद्र उपाध्याय र शिकारी अफिसर बंशु गुरुङ्गलाई धुलिखेलदेखि दुम्जामा रहेका ५०० जति सैनिक दल लिएर सिन्धुली भन्ज्याङ्गमा रहेको पौवा गढीमा शत्रुको निगरानी राख्ने आदेश दिइयो । पछि पुन कीर्तिपुर क्षेत्रमा रहेका ७०० सैनिकहरुलाई काजी बंश राज पाण्डे र काजी श्रीहर्ष पन्तलाई सिन्धुलीगढी तर्फ लैजाने आदेश दिइएको थियो । हरिहरपुर गढीमा पनि ३०० गोर्खा फौजलाई तैनाथ गरियो । त्यस्तै लुटपाटबाट बच्न जनकपुर देखि सिन्धुलीगढी सम्मका वस्तीहरु पनि खाली गरियो । रसद पानी र सूचनाहरुको संकलनमा स्वयं पृथ्वीनारायण शाह खटिएका थिए । 
जव किनलोकको नेतृत्वमा आएको फौज जनकपुरबाट सिन्धुलीगढीको वाटो हुँदै काठमाण्डौ लाग्दै थियो वाटाका सवै घरहरुमा मानिसहरु नभएको पाएपछि डरले कतै भागेका होलान भन्ने सोचमा अंग्रेज सेनाहरु ढुंग्रेबाँस सम्म आइपुगे । थकान, जंगल यात्रा र युद्घको डरले काँप्तै आएका अंग्रेज सेनामाथि गोर्खालीहरुले एक्कासी आक्रमण गरेर करीव १७०० सेनाहरुलाई हताहत वनाएर र नराम्रोसँग पराजित गरे । 
विध्यालंकार एस.के. ले सिन्धुलीगढीलाई १४ औं सताब्दीदेखिको एक दुर्भेध्य गढ भनेर पुष्टि गरेका छन् । उनले आफ्नो पुस्तक मोडर्न हिस्ट्री अफ एसिया मा यसरी लेखेका छन् । 
नेपालकी राजाओ ने पृथ्वीनारायण शाहके विरुद्घ भारतके अंग्रेजो से भि सहायताकी माग कि थी और बेतिया से मेजर किनलोच एक सेनाके साथ नेपालमे प्रविष्ट होने लगेथे लेकिन रास्ते पर एक १४ वी साताब्दी से उभडा एक दुर्भेध्य गढमे गोर्खाेने क्याप्टेन किनलोचको बुरी तरहसे हरादिया ।
यसरी नेपालको एकीकरण अभियानमा ठूलो चुनौतिको रुपमा आएको गोर्खा अंग्रेज युद्घमा गोर्खाली हरुको विजय भएपछि एकीकरणको कार्य सहज तथा सफलतापूर्वक सम्पन्न भयो । 
यसरी माथिका थुप्रै घटनाहरुले सिन्धुली ऐतिहाँसिक कालदेखि नै इतिहास निर्माणको पात्र भएर  आएको छ । देशी विदेशी शासकसँग लडेर जय र पराजय देख्दै आएको सिन्धुलीगढीको इतिहास गौरवशाली भएपनि आवश्यक प्रचार प्रसारको भने कमी छ ।  
सिन्धुलीगढीको पर्यटकीय महत्व 
यी निम्न कारणले गर्दा यस क्षेत्रको पर्यटकीय महत्व निकै ब्यापक छ ।
- यो स्थान समुद्री सतहदेखि १३०० मिटरको उचाइमा अवस्थित भएकाले यहाँको वातावरण सुरम्य छ ।
- यो स्थान ऐतिहासिक गाथा वोकेको हुनाले यहाँ आउँदा जो कोही नेपालीलाई गर्वको अनुभूति हुन्छ ।
- तराइका नजिकका जिल्लाहरु धनुषा, महोत्तरी तथा सर्लाही जिल्लाबाट चिसो हावापानी, मनोरम प्राकृतिक दृष्यको अनुभूति गर्न पाउने सबैभन्दा नजिकको र जुनसुकै समयपनि यातायात सेवा उपलब्ध हुने स्थान भएकोले ।
- यहाँ आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्घन गर्ने प्रयास जारी भएकोले ।
श्रोतः जिल्ला पाश्वचित्र चित्र, जिल्ला विकास समिति, सिन्धुली 


, ,

0 comments

Write Down Your Responses