Powered by Blogger.
प्रचण्डको मृत्युमा जीवन देख्नेहरुको भण्डाफोर गरौं

रगतको भोग पुग्यो, ६ प्रदेशलाई स्वागत गरौं
  • गोपाल किराती

संघीयताको सिद्धान्त र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने मूल्यमा ६ प्रदेशको सीमांकनलाई स्वागत गर्नुपर्छ । एकीकृत नेकपा माओवादी समर्थित संयुक्त राष्ट्रिय मोर्चा दृढतापूर्वक यसको स्वागत र समर्थन गर्दछ ।
संविधानसभाबाट संविधान निर्माणको ऐतिहासिक एवं वस्तुगत आवश्यकतालाई बोध गर्ने जोसुकैले यो सहमतिको स्वागत र समर्थन गर्दछन् ।
‘बिना सीमांकनको मस्यौदा’ भनेर विरोध गर्ने, संविधानसभाको राजनीतिक शक्ति सन्तुलन र जनताको सुझावलाई समायोजन गर्दा ६ प्रदेशको सीमांकनको सहमति अनिवार्य बन्न पुग्यो । नेपाली माटोले मानिसको रगतको भोग आवश्यकतासम्म खाइसक्यो । फेरि पनि अनावश्यक बलिदानको स्थिति कसैले निम्त्याउनुहुँदैन ।
फ्रान्सेली राज्य क्रान्तिमा आन्दोलनकारी जनताले आफ्नै नेताको गर्धन तरबारले छिनालेपछि मात्रै शान्ति कायम भएको इतिहास पढिन्छ । यदि नेपालमा त्यो गल्ती नगर्ने हो भने तत्काल मानिसको रगतको भोग चढाउने काम गर्नुहुँदैन ।
भारतको उदाहरण लिन सकिन्छ कि त्यहाँ संविधानसभाबाट संविधान बनाउँदा ११ प्रदेश मात्र थियो । तर, अहिले ३० वटा राज्यहरुको संख्या पुगिसकेको छ । हामीलाई विश्वास छ कि ढीलो चाँडो बोडोल्याण्ड र गोर्खाल्यान्ड पनि हुने नै छ । त्यस्तै नेपालमा परिवर्तनको आधार र चुनौति मौजुद छन् ।
आधार भनेको उत्पीडित जनसमुदायमा विकसित जागरणलाई मूलतः सुरक्षित राख्न सक्नु हो । चुनौतिमा उक्त जागरणलाई संगठित ढंगले विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने हो ।
जसरी संसारका उत्पीडित जातिहरु अन्ततः संगठित शक्ति निर्माणमा सफल भएरै छाडेका छन्, नेपाल पनि त्यसको अपवाद हुन सक्दैन, यसरी ६ प्रदेशबाट सुरु भएको संघीय गणतन्त्र नेपाल जारी दशकभित्र पहिचानसहितको १८ प्रदेशमा पुगेरै छाड्ने ठोकुवा गरिन्छ ।
संघीय गणतन्त्रलाई संस्थागत गर्न ६ प्रदेशको सीमांकनलाई स्वागत गर्दै किराती राष्ट्रिय मुक्ति मोर्चाले भनि नै सक्यो कि ‘तर, क्रमशः किरात भूमिलाई बिराटनगरको उपनिवेश रहन दिइने छैन, छुट्टै किरात स्वायत्त राज्य स्थापनाको आन्दोलन जारी छ ।’ मोर्चाको यो लाइन एकदम बैज्ञानिक छ ।
गत वर्ष संयुक्त राष्ट्रिय मोर्चाले ३३ वटा राष्ट्रिय फोर्स निर्माण अभियानमा मोर्चाका धेरै साथीहरुले रमिता हेरेर बस्ने काम भयो । पार्टी केन्द्रीय समितिको अनुमोदनको प्रश्न त बहाना मात्र बन्यो । ३५ मोर्चा संगठनलाई विभागीय इन्चार्जको हैसियतमा सक्नेजत्ति घिसारियो । परन्तु, मोर्चाका नेताहरु घिस्रिन पनि सकेनन् । यदि हामीले प्रस्तावित गरेको योजनाअनुसार २ लाख २४ हजार जनाको ३३ राष्ट्रिय फोर्स निर्माण अभियानमा सबै मोर्चाहरु डटेर लाग्न सकेको भए सडकबाटै संविधान अनिवार्य थियो ।
जनयुद्धमा मगरात र थरुवानको महान भूमिका छ । तर, इतिहासको ब्याज खाएर मात्र हुँदैन । अतः ६ प्रदेश मानेर जाउँ, जनताको जागरणलाई जारी राखौं ! दशकभित्र किरात, मगरात, लिम्बुवान, थरुवान स्वायत्तता सुनिश्चित छ ।
त्यस्तै ताम्सालिङ, तमुवान, खसान, नेवा स्वायत्तता सुनिश्चत छ । मुस्लिमको समेत स्वायत्त राज्य निर्माणद्वारा १८ प्रदेशको संघीय नेपालको रणनीतिलाई ग्रहण गर्न सक्नुपर्छ । शेर्पालगायत सबै उत्पीडित जातिहरुको स्वायत्तताको व्यवस्था यसै रणनीति अन्तर्गत निर्भर छ ।
आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायतले राज्यसत्ता लिन इतिहासको गम्भीर आत्मसमीक्षा जरुरी छ । शान्ति सम्झौतामा आउनासाथ हामीले समीक्षाका साथसाथै जातिहरुको आत्मसमीक्षा पनि अनिवार्य रहेको अपील गरेका थियौं । जुन अपीललाई नजर अन्दाज गरिएको तीतो अनुभव हुन्छ ।
अध्यक्ष प्रचण्डले घुँडा टेकेको भन्ने आरोप प्रतिक्रियावादी विचार हो । संविधानसभाबाट संविधान बन्न नदिएर प्रतिक्रान्ति निम्त्याउने षडयन्त्र हो । गत फागुन १६ को जनप्रदर्शनमा एकीकृत माओवादीको २ करोड रुपैँया खर्च भएको स्थितिलाई दृष्टिगत गर्न नसक्नु र संविधानसभाको राजनीतिक शक्ति सन्तुलनलाई ख्यालै नगरीप्रचण्डको मृत्युमा मात्र आˆनो जीवन देख्ने घोर प्रतिक्रियावादी बिचारको चौतर्फी भण्डाफोर हुनुपर्छ ।
(लेखक एमाओवादी स्थायी समिति सदस्य हुन्)


,

1 comments

मरेको काठाहरूलाई (बाहुन) काधमा बाेकेर हिडने जमाना गए अब । न प्रचण्ड नत बाबुराम कसैलाई बोकेर हिड्न जनजातीहरुलाई दरकार छैन। आफ्नो हक अधिकारको लागि आफैं लडन सुरु गर्नु पर्छ । बिदेशीको सिमानाको सुरक्षा गर्ने हामी वीर गोर्खाली आज शत्रु घर भित्र घुसेको छ ।यिनिहरुको सफाया अब शुरु गर्ने बेला आएको छ । सोझा साझा रुकुमेली रोल्पाली मगर जनतालाई झुठो सपना र आशा बाडेर युद्धमा होमाएर उनीहरुको काधमा बुई चढेर प्रचण्ड बाबुराम जङ्गलबाट सिंहदरबार हुँदै बालुवाटारसम्म ढलिमलि गरिसकेका छन र ती सोझा साझा जनताहरुलाई गरेको वाचा भुलिसकेका छन ।अब पनि यी पाखन्डिहरूमा विश्वास गर्नु भनेकाे आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने सरह हो ।त्यसैले अब आफ्नो हकहित र आधिकारको लागि आफैं लडाइँ गर्नुपर्छ अन्यथा अझ यी सामन्ती ब्राह्मणहरुले यो मुलुक र जनता माथि अर्को ५०० बर्ष शासन गर्ने निश्चिति छ हिन्दु धर्मको आडमा ।

Write Down Your Responses