Powered by Blogger.
गाैरमा आन्दोलनकारीले चलाए गोली


२७ भदौ, रौतहट । आन्दोलनकारीहरु कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएपछि आइतबार रौतहट सदरमुकाम गौर तनावग्रस्त बनेको छ ।

कविर चोकमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ । झडपका कारण गौरको कविर चोक रणभूमी जस्तै बनेको छ ।
झडपका क्रममा सुरक्षाकर्मीले दर्जनौ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै गोली समेत चलाएको छ । प्रहरीले चलाएको गोली लागेर अकोलवा ७ का ३९ वर्षीय शेष मैरुद्दिन र गौर ७ का ४५ वर्षीय लाल बाबु पटेल घाइते भएका छन ।
मैरुद्दिनको तिघ्राको माथिल्लो भागमा गोली लागेको छ भने पटेललाई कम्मर भन्दामाथि पेटको देब्रे कुनामा गोली लागेको छ । घाइते दुवैलाई जिल्ला अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज लगिएको छ । पटेलको अवश्था गम्भीर छ ।
आन्दोलनकारी र सुरक्षाकर्मीबीच बडहवा चोकमा पनि झडप भएको छ । टिकुलियामा भएको झडपमा प्रदर्शनकारीले गोली चलाएको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । उनका अनुसार आन्दोलनकारीले प्रहरीलाई लक्षित गरी १० राउण्ड फायर गरेका थिए ।
मधेसी मोर्चाका नेता एवं तमलोपा जिल्ला अध्यक्ष बाबु लाल साहले आन्दोलनकारीले गोली चलाएको आरोप अस्वीकार गरेका छन् । प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा रहेका दमन गरेको उनले बताए ।


,

0 comments

Write Down Your Responses