Powered by Blogger.
सवै निकायमा उत्तरपुस्तिका हेर्न पाउने कहिले ?

फणीन्द्र ज्वाला

त्रिभुवन विश्वविद्यालयको २ वर्ष अघि बसेको परिषद्को बैठकले सूचनाको हक अन्तर्गत विद्यार्थीले हेर्न चाहेको परिक्षाको उत्तर पुस्तिका देखाउने निर्णय गरेको छ । यो बिवद्यार्थीका लागि निकै राम्रो निर्णय हो । यसले देशका सम्पूर्ण त्रिविका अङ्गिक क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थीका लागि खुसिको ल्याएको छ, सवै विद्यार्थीले यो निर्णंयको स्वागत गरेका छन् । त्यसो त ः यस भन्दा दुई– तीन बर्ष अघि नैं सर्वोच्च अदालमा विद्यार्थीले हालेको रिटको फैसाला गर्दै सो अदालतले विद्यार्थीले उत्तर पुस्तिका हेर्न पाउनु पर्छ भन्दै उक्त रिटको फैसला गरेको थियो । सर्वोच्चले गरेको फैसलाको ढिलै भएपनि त्रिविले लागू गर्न लागेकाले निकै खुसि लागेको छ । यस बारेमा आम पीडित बिद्यार्थीहरु जानकार छन् कि छैनन् ? कति विद्यार्थीले यो अधिकारको बारेमा जानकारी पाएका छन् ? पीडित विद्यार्थीले यसको सदूपयोग पक्कै गरेका होलान् । 
यदि सूचनाको हक सवै नेपालीलाई सबै क्षेत्रमा लागु गर्ने हो भने अव त्रिवि मात्र हैन देशका अन्य निकायले सञ्चालन गर्ने परिक्षाका उत्तरपुस्तिाका पनि परिक्षार्थी चाहेको खण्डमा उपलव्ध गराउनु पर्छ । उच्च माध्यमीक शिक्षा परिषद्, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल मेडिकल काउन्सीलको चिकित्सक लाइसेन्स परिक्षा जस्ता सयौं निकायले पनि उत्तर पुस्तिका देखाउने कार्यको तत्काल थालनी गर्नुपर्छ । ती निकायहरुले जाँच गरिएका उत्तर पुस्तिका विद्यार्थी÷परिक्षर्थीलाई देखाउने हिम्मत गर्नुपर्छ ।
यदि यस्तो भएको खण्डमा विद्यार्थीले आफुले लेखेको उत्तरमा जाँचककिले कति नम्बर दिएछ भन्ने थाहाँ पाउँछ, त्यसका साथै उसले उत्तर पुस्तिका हेर्न पाएको खण्डमा आफुले गरेको गल्तिको महसुस गर्न पाउँछ र सो प्रकारको गल्तिको सुधार गर्ने अवसर उनीहरुले पाउँछन् । यसका साथै उत्तर पुस्तिकामा मनोमानी ढङ्गले कपि जाँच गर्ने प्रथा अन्त्य हुनाका साथै कपि जँचाई प्रक्रिया निस्पक्ष र पारदर्शी हुने विश्वास गरिएको छ ।
नेपाल मेडिकल काउन्सीलको परिक्षामा सबै भन्दा बढि परिक्षार्थी पीडित भएका छन् । काउन्सीलले सञ्चालन गर्ने चिकित्सक लाइसेन्स परिक्षामा एकै जना विद्यार्थी १३ पटक भन्दा बढि अुनुत्तिर्ण भएको देखिएको छ । यदि उनीहरुलाई उत्तर पुस्तिका देखाउन सकेको खण्डमा ती पीडित विद्यार्थीले आफुले बिगतका परिक्षामा गरेका गल्तिको महसुस गर्ने थिए र परिक्षामा सफलता हात पार्ने थिए ।

कतिपय विद्यार्थीहरु आफुले परिक्षामा राम्रो अङ्क प्राप्त गर्ने ढुक्कका साथ परिक्षा हलबाट खुसि हुदै घर फर्किएको देखिन्छ तर तीनै विद्यार्थी पछि रिजल्टमा फेल भैराखेको हामीले प्रत्यक्ष देख्ने गरेको छौं । यसकारण बर्षैनी सयौंका संख्यामा रहेका बिद्याथीहरुले आत्महत्या गरेको समाचार हामीले दैनिक समाचारमा पढ्दै र सुन्दै आएका पनि छौं । त्यसैले सम्पूर्णं तह र निकायले परिक्षार्थीको हितमा हुने काम गर्ने हो भने उत्तरपुस्तिाका चाहेको खण्डामा देखाउनु सक्नुपर्छ । उनीहरुले यो वा त्यो बहाना र तर्क गर्दे परिक्षार्थीलाई गुमराहमा राख्ने कार्य अव तत्काल बन्द गर्नुपर्छ । यो कार्य सुचनाको हक अन्तर्गत पर्ने भएकाले सबै परिक्षार्थीलाई आफ्नो अधिकार सुनिष्चित गर्न नहिच्किचाउँ समेत भन्न चाहन्छु । त्यसैले कानुनले दिएको अधिकार कार्यान्वयनका लागि सबै विद्यार्थी सङ्गठनहरुले आवाज बुलन्द पार्न पछि पर्नु हुदैन । त्यसैले त भनिन्छ– नखोसे अधिकार पईंदैन, मागेर कसैले दिंदैन । 


0 comments

Write Down Your Responses