Powered by Blogger.
ब्यवसायलाई आधुनिकीकरण गर्नुपर्छ ।

विनेश श्रेष्ठ सिन्धुली उद्योग वाणिज्य संघका जुझारु एवं युवा अध्यक्ष हुन् । विगतमा अध्यक्ष पदका लागि लाखौँ खर्च गरेर चुनावमा होमिएकाहरु पनि अहिले श्रेष्ठभन्दा तल्लो पदमा बसेर संघमा काम गरिरहेका छन् । तर श्रेष्ठले भने सहमतिमा नै उद्योग वाणिज्य संघको १३ औँ अध्यक्ष भएर कार्यभार सम्हालेका छन् । त्यसो त उनले संघको कार्यभार सम्हालेको झण्डै ४ महिना वितिसकेको छ । उद्योग वाणिज्य संघ सिन्धुलीको पछिल्लो अवस्था र युवा नेतृत्वका सवालमा अध्यक्ष श्रेष्ठसंग गरिएको कुराकानी 
१. नेतृत्वको केन्द्रविन्दुमा बसेर काम गर्दाको अनूभव वताइदिनुस् न ।
नेतृत्व वहन गर्ने संस्थासँग सम्वन्धित हरेक आन्तरिक र वाह्य पक्षहरुको सहि व्यवस्थापन गरि संस्थाको विकास, विस्तारका साथै संस्थाको निर्धारित लक्ष्य प्राप्तिका लागि कुशल ढंगले  अघि वढाउनु  नेतृत्वकर्ताको प्रमुख दायित्व हुन्छ । त्यसैले यहाँका उद्योगी, व्यापारी, समाजसेवी, राजनीतिज्ञ लगाएत सम्पूर्णबाट जुन सहयोग प्राप्त गरेको छु त्यसले यस संघमा मेरो नेतृत्वदायी जिम्मेवारी पूरा गर्न अझ उत्साहित छु । साथै यस संघले व्यापारी वर्ग देखि समग्र जिल्लाको विकासका लागि विभिन्न क्रियाकपापहरुमा संलग्न भई अघि बढ्नु पर्ने भएकोले थप अवसर र चूनौतीहरु रहेकोहुँदा आगामी दिनमा अगाडि बढ्नका लागि अझ धेरै जिम्मेवारी मेरो काँधमा आएको महसुस गरेको छु । 
२. तपार्इँले त सजिलै नेतृत्व पाउनुभयो भन्छन्, भागवण्डामा परेको हो की क्षमताको कदर भएको ?
भागवण्डा भन्दा पनि समग्र जिल्लावासी, उद्योगी, व्यापारी व्यवसायिहरुको चाहानाले हो भन्ने लाग्छ । नेतृत्व कसैले चाहेर वा हुन्छु भन्दैमा पाईने चिज होईन । यो त जनविश्वास, उसको व्यक्तित्व, कार्यदक्षता, नेतृत्व गर्न सक्ने क्षमता, शैली लगाएत पक्षको आधारवाट कुशल नेतृत्व चयन गर्ने गरिएको हुन्छ । 
३. तपाईँको नेतृत्वलाई लिएर जिल्लाका व्यवसायिहरुवाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
यस संघको २४ औं वार्षिक साधारण सभावाट यस संघको उद्योगी, व्यापारी, जिल्लावासी साथीहरुको चाहाना एवं अपेक्षामा नै मेरो नेतृत्वमा तीन वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो । उहाँहरुले जुन विश्वासका साथ मलाई संघको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ, त्यसमा म आघात हुन दिने छैन । उहाँहरुको अपेक्षा पनि व्यापारी व्यवसायिहरुको हक हितको संरक्षण गर्दै सिन्धुलीलाई देशकै उत्कृष्ट व्यापारिक जिल्लाको रुपमा विकास गर्नुपर्ने रहेको छ । सम्पूर्ण जिल्लाका उद्योगी व्यापारीहरुको माझबाट सर्वसम्वत चयन भई आएको मेरो कार्यकालले उद्योगी व्यापारीहरुको चूनौतीहरुलाई पूरा गरि व्यापारिक हकहित, अधिकार सुनिश्चित हुने कुरामा उद्योगी, व्यापारीहरुमा विश्वास छाएको छ ।
४. संघको वर्तमान अवस्थावारे संक्षेपमा बताइदिनुस् न ।
सिन्धुली उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई जिल्ला भरि छरिएर रहेका उद्योगी, व्यापारी, व्यवसायिहरुको हक हित संरक्षण गर्दै जिल्लाको आर्थिक, सामाजिक लगाएत समग्र जिल्लाकै विकासका लागि स्थापित गैर नाफामुलक संस्था हो । संघको स्थापना विक्रम सम्वत २०२५ सालमा भएको हो र यस संघले नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार संघ संचालन गर्दै आएकोमा २०५६ सालमा विधान बनाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा मिति २०५६।०२।२४ गते दर्ता गरि राजश्व कार्यालय जनकपुरमा मिति २०६७।०७।१० पान दर्ता गरि संघ संचालन हुदै आएको छ । 
संघको कार्य समितिमा पदाधिकारीहरु अध्यक्ष, वरिष्ठ उपाध्यक्ष ,उपाध्यक्ष (उद्योग) उपाध्यक्ष (वाणिज्य) उपाध्यक्ष (शाखा), महासचिव, कोषाध्यक्ष , उपमहासचिव र सहकोषाध्यक्ष गरी— ९ जना, निवर्तमान अध्यक्ष १  जना, कार्यसमिति सदस्य —५, जना, महिला सदस्य ४ जना, आजीवन सदस्य– १ जना वस्तुगत सदस्य–१ मनोनित सदस्य — ३ जना शाखा पदेन सदस्य ५ जना गरि जम्मा — २९ जना रहेको छ । पाँचओटा शाखा रहेको यस संघको विधान वमोजिम आजीवन, साधारण र वस्तुगत सदस्य हुने पाउने व्यवस्था गरिएको छ । आफ्नै भवन, सक्षम सचिवालय यसको अर्को विशेषता हो । ई–पानको सुविधा, उद्योग व्यवसाय दर्ताको लागि सहजिकरण र व्यवसायिक सूचना तथा परामर्श सेवा, व्यवसायिक समस्या समाधान, आवश्यक परामर्श दिने व्यवस्था समेत मिलाएका छौँ ।
५. उद्योग वाणिज्य संघको काम कारवाहिप्रति पछिल्लो चरणमा जनगुनासाहरु अलि बढि आएका छन् भन्ने सुनिन्छ नी ?
नेतृत्वको जिम्मेवारीसंगै देशले भोग्नु परेको महाविपत्तिका कारण हामिले ठूलो चूनौति भोग्नु पयो । त्यसवाट सम्हालिने क्रममा केहि समस्या भएको होला । तथापि हामिहरुले काम गर्दै जाने क्रममा कुनै त्यस्ता त्रुटीहरु भए होलान् तिनै त्रुटिहरु आँैल्याएर हामी माझ यहाँहरुले दिनुभएको सुझाव नै हाम्रो मार्गदर्शन हुने छ ।
६. तपार्इँ नेतृत्वमा आएपछि खास नयाँ काम चाहिँ के गर्नुभयो ?
हाम्रो नयाँ नेतृत्व चयन भएर आएपछि व्यवसायी व्यापारी साथीहरुको हकहित, अधिकारको संरक्षण गर्न, उद्योगी व्यापारी व्यवसायिहरुको समस्याको सहज व्यवस्थापन गर्ने हेतुले संघको काम कार्वाहिलाई चुस्त दुरुस्त बनाउनका लागि विभिन्न विषयगत उपसमित गठन गरि काम गर्न लागिरहेका छांै । महाभूकम्पको प्रभावले हाम्रा सन्ततिहरुको शैक्षिक भविष्यमा कुनै समस्या श्रृजना नहोस् भन्ने हेतुले शिक्षा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महसंघ र रोटरी क्लवसँग समन्वय गरि जिल्लाका दश ठाउँमा प्राथमिक विद्यायल पुनर्निमाण गर्ने कार्यमा अघि वढिरहेका छाँै । त्यस्तै भविष्यमा हाट बजार व्यवस्थापन, बसपार्क व्यवस्थापन र एक जिल्ला एक उत्पादन कार्यक्रमद्धारा बैज्ञानिक कृषि व्यवसाय संचाल लाई प्राथमिकतामा राखि अघि वढदैछौँ । साथै विकासका लागि समग्र जिल्लावासिको समस्या एवं हाम्रो मार्गदर्शनका लागि समस्या एवं सुभाव संकलन गर्न आवश्यक व्यवस्था मिलाएका छौं ।
७. संघको विकास र व्यवसायिहरुको हकहितका लागि कस्तो योजना बनाउनुभएको छ ? 
सम्वन्धित निकायहरु संगको समन्वयमा यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि सिउवा संघ सिन्धुलीले व्यवस्थित वसपार्कको अवधारणाको विकासगरी वसपार्क क्षेत्रको निमार्ण गर्ने लक्ष्य लिइएकोछ । उक्तकार्य सम्पन्न गर्नका लागि सार्वजनिक नीजि साझेदारी को अवधारणा अन्तर्गत प्रक्रिया अगाडी वढाउने योजनामा छौँ । ग्रामिण क्षेत्रमा उत्पादित वस्तुलाई सहजरुपमा वजारसम्म ल्याउने तथा उपभोग्य वस्तुलाई सर्वसाधारण उपभोक्ता सम्म सहज तरिकाले पुयाउने अभिप्रायले जिल्लाभर विभिन्न ठाउँमा संचालित हाटवजार तथा मौसमी चाडवाड अनुसारको अस्थाई वजारको स्थापनागरी हाटवजारलाई व्यवस्थित गरिने लक्ष्य लिएको छ । उक्त कार्यका लागि उवासंघ सिन्धुली र व्यापारीहरुवीच आवश्यक परामर्शगरी नयाँ योजना तयार गरी विज्ञहरुको परामर्श लिई आवश्यक कार्यगर्ने रणनीति लिईएको छ । सिन्धुली उद्योग वाणिज्य संघको छाताभित्र रहेका व्यवसायिहरुलाई आधुनिक व्यवसायिक प्रणाली तर्फ उन्मूख गर्ने, व्यवसाय विशिष्टीकरण गरी त्यस तर्फ आवस्यक कार्य अगाडी वढाईनेछ । विगतमा सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले कृषि विकास कार्यालयसंग समन्वयगरी कार्यक्रमबाट प्राप्त गरेको अनुभवलाई आत्मसाथ गर्दै कार्यक्रम जुनार क्षेत्र विकाससगै सिन्धुली जिल्लामा उत्पादित अदुवा, भुईकटहरको उत्पादनलाई यसै कार्यक्रममा समावेश गर्ने तर्फ आवश्यक कामगर्ने व्यवस्था गरिनेछ । साथै कर र यातायात सम्वन्धि सेवाहरु यस सघंवाट प्रदान गर्ने पहलमा अगाडी वढने सोच पनी वनाएका छाँै । शाखा विस्तारका विषयमा भने संघको विधान र आवश्यकता अनुसार व्यापारीक क्षेत्रको हिसावले उपयुक्त ठाउँमा शाखा विस्तार गरिनेछ । संघको विधान अनुसार प्रकृया पूरागरी आउने उद्योग व्यापारीक फर्महरुलाई सदस्यता प्रदान गरिनेछ ।
८. तपार्इँ भन्दा अघिका प्रायः सवै अध्यक्षहरुले सिन्धुली महोत्सवलाई निरन्तरता दिएका थिए, तपाइँको योजना के छ ?
सिन्धुली महोत्सव सिन्धुलीको पहिचान र सिन्धुलीवासिको एउटा मौलिक पर्वको रुपमा स्थापित भई सकेकोले यसलाई निरन्तरता दिदै लगिनेछ । तर समय सापेक्ष, वैज्ञानिक, आधुनीक, व्यवस्थित, व्यवसायिक र प्रविधियूक्त  वनाएर लैजानु आगामी दिनमा आयोजना गरिने महोत्सवको आयाम हुनेछ ।
९. कालो बजारी रोक्न र  उपभोक्तामुखि बजार व्यवस्थापनका लागि यहाँको कुनै योजना छ की ?
उद्योग वाणिज्य संघले जिल्लामा कालोवजारी नहोस् र स्वस्थ प्रतिस्पर्धात्मक व्यवसाय संचालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर तथा छुट्टै समिति वनाएर अनुगमन गर्नुका साथै मुल्य सुची तयार गरि सोहि अनुरुप अनुगमन गर्ने, माईकिङ् तथा विभिन्न पत्र–पत्रिका मिडिया मार्फत व्यापारी तथा उपभोक्तालाई सचेत गराउने कार्य गर्दै आएको छ । आगामी दिनमा कालोवजारी लाई निर्मुल पार्न सम्वन्धित पक्षको समन्वयमा व्यवसायिक आचारसंहिता वनाई लागूगर्न तर्फ अघि बढेका छौँ ।  
१०. संघको कामकारवाहिमा कार्य समितिको सहयोग कत्तिको पाउनुभएको छ ?
हामि जुनसुकै भाषा, संस्कृति चालचलन, परिवेशवाट आएका भएपनि हाम्रो साझा लक्ष्य भनेको यस संघको उद्देश्य प्राप्ति गर्ने नै हो । व्यापारी व्यवसायिहरुको संरक्षण गर्दै समग्र जिल्लाको विकासमा लागिपर्नु हाम्रो सामुहिक प्रतिवद्धता पनि हो । त्यसैले सवैको साझा उद्देश्य एउटै भएकाले सहयोग नहुने प्रश्न नै उठ्दैन ।
११. तपार्इँलाई ‘युवा र जझारु नेतृत्व’ भन्छन्। यो साखलाई टिकाइराख्न र व्यवहारिक बनाउन त गाहो होला नी ?
काम गर्ने शैलि, क्षमता, कार्यवातावरण, जनविश्वास आदिले कार्य सफलतामा निर्भर गर्ने भएकाले नेतृत्व छनौट प्रक्रियामा यहाँहरुको जुन सहयोग र साथ रह्यो । त्यो सहयोग र साथको निरन्तरताले मलाई मेरो जिम्मेवारी पूरा गर्न टेवा मिल्नेछ । यहाँहरुको सहयोगलाई शिरोधार्य गरि अघि बढ्नेछु ।
                                                            प्रस्तुति- ध्रुवचन्द्र खड्का



,

0 comments

Write Down Your Responses