Powered by Blogger.
वास्तवीक श्रष्टा भन्दा वाहीरीहरुले फाइदा लिए ।

नीरा रानाभाट नेपाली संगित क्षेत्रमा एउटा उदाहरणिय नाम हो । संख्यात्मक रुपमा धेरै गीत नगाए पनि उनको स्वरमा अहिलेसम्म जति गीत रेकर्ड भएका छन्, सवै कालजयी छन् । त्यसो त उनि जुझारु र लगनशील श्रष्टा हुन् । राष्ट्रिय रुपमै ख्याती प्राप्त सुमधुर स्वरकी धनि गायिका नीरा रानाभाटसंग गरिएकोे सांगितीक भलाकुसारी ।

१. संगित क्षेत्रमा लाग्नुभएको ठ्याक्कै कति समय भयो ?
एक दशक नाघ्यो । 
२. यतिका समय भयो संगित क्षेत्रमा लाग्नुभएको । अहिलेसम्म संख्यात्मक हिसावमा कतिजति गीत गाउनुभयो ?  
मैले यो अवधिमा धेरै गीत गाउन सक्थें तर विभिन्न कारणले हालसम्म आधा दर्जन गीत तथा गजलका एल्बममा करीब डेढ दर्जन गीत गजल गाएकी छु । 
 ३. प्राय सुगम संगितमा तपाईको आवाज सुन्न पाईन्छ, अरु खालका गीत गाउँदै नगाउने होकी तपाईँको रुची नै सुगम संगित हो ?
मेरो रुची सवै खाले संगीतमा छ । मैले शास्त्रिीय संगीत अन्तर्गत केही रागहरु पनि मञ्चमा गाएकी छु । म गण्डकी क्षेत्रमा जन्मेको कारणले मलाइ यो क्षेत्रका लोक गीतमा पनि रुची छ । साथै नेपालका विभिन्न भागमा प्रचलीत लोकगीतहरु पनि मलाइ मन पर्छ । मलाइ गीतले पनि लोभ्याउने गर्छन् । मैले केही महीना अगाडी अंग्रेजी भाषमा लभ इज नेभ व्लाइण्ड बोलको गजल पनि रेकर्ड गराएकी छु । मलाइ गाउने अवसर आयो भने सवै खाले गीत गाउने रहर छ । 

४. नीरा रानाभाटको गला मनपराउने श्रोताहरुका लागि तपाईँका कनुै नयाँ गीत या एल्वम केही आएका छन् बजारमा ? 
केही महीना अगाडी अंग्रेजी भाषमा लभ इज नेभ व्लाइण्ड रेकर्ड गरेकी छु । शव्द संगीत स्वप्निल वरालको हो । र यो अंग्रेजी गजल आउने एल्वममा समावेस गर्ने विचारमा छु  । केही समय लाग्छ यसको लागि । विम्व भाग २ मा समावेस भएको डा. कृष्णहरी वरालको शव्द र गैरे सुरेसको संगीतमा चाहींदैन सुख सयल उनलाइ माया गर्न पाउं म, यती कृृपा गर भगवान उनकै काखमा मर्न पाउँ म वोलको गजल मेरो पछिल्लो समय रेकर्ड भएको गजल हो । 

५. नेपाली संगित (विषेशगरी गीत गाएर) क्षेत्रमा लागेर बाँच्न सकिन्न भन्छन् नी ?
यस्तो भन्नु स्वाभावीक हो । र मिश्रीत अवस्था पाउँछु म त । धेरै कमले मात्र संगीतलाइ आफ्नो रोजीरोटीको माध्यम वनाएका छन् । यसका लागि कि त धेरै नै ट्यालेन्ट हुनुपयो, कि त धनवान हुनुपयो । ट्यालेण्टले अवसर पाउँछन् तर केही समयका लागि मात्र । र त्यसपनि अर्कोले ठाउँ लिइहाल्छ । यस्तो कतिपय गायक गायीकामा देखीएको पनि छ । कमाउनेले पनि निश्चित समयभित्र मात्र कमाएको देखीन्छ । त्यसपछि विभिन्न कारणले कतिको क्रेज घटेको पनि छ । र विस्तारै अवसर कम हुँदैगएको पनि छ ।  कमैले मात्र आफूले चाहेको जस्तो कमाएका छन् । औंलामा गन्न सकिने छ यो संख्या । कतिपय धनवान गायक गायीकाले  आफैं पैसा खर्च गर्दै संगीतमा टिक्ने काम गरेका छन् । यसरी पैसा धेरै खर्च गर्ने मध्ये कतिले त राम्रा पनि गीत दिएका छन् । तर नराम्रा गीत संगीत उत्पादन गर्नेको पनि कमि छैन यहाँ । यदी कसैको गीत अली चल्यो भने प्राय सवै उसैको खोजीमा लाग्छन् । र अवसर सवै उसैलाइ खनिन्छ । त्यो वेला अन्य राम्रो स्वर हुनेहरुको संगीतकार, गीतकार र गजलकारले त्यती वास्ता गर्दैनन् । यस्तो भएपछि संगीतमा भेराइटी पनि आउँदैन । सवै गीत उस्तै जस्तो लाग्नुको कारण यो पनि हो जस्तो लाग्छ मलाइ । सवै एउटैको स्वरमा रेकर्ड हुन थालेपनि कति समय भेराइटी दिन सकिन्छ र ?  अनि अवसर आयो भने सवै र अधिकांश गायक गायीकाले संगीतमा मात्र लागेर जिवन धानेको जस्तो मलाइ लाग्दैन । कतिपयले संगीतको मात्रै काम गरेका छन् र जेनतेन गुजारा पनि गरेका छन् । त्यसैले राम्रो स्वर हुनेहरु, राम्रो संगीत गर्नेहरु पनि अन्य पेशामा आवद्ध भएर काम गर्नुपरेको छ ।
  
६. गीत गाएरै जीवन चलाउनुभएको छ या कुनै साइड पेशा गर्नुभएको छ ?
—मैले संगीतबाट धेरै कम मात्र आम्दानी गर्ने गरेकी छु । म रेडीयो प्रस्तोता पनि हँु । म रेडीयो सगरमाथामा पार्ट टाइम काम गर्छु । कार्यक्रम उत्पादन र संचालन गर्छु । म मास कम्युनिकेशन एण्ड जर्नालीजमकी विद्यार्थी पनि भएकाले स्नातकोत्तर तहको पढाइ अन्तीम चरणमा छ । र अहिले  विद्यार्थी जीवन भएकाले कमाइलाइ त्यती प्राथमिकता दिएकी छैन मैले ।

७. नेपाली संगितको बजार खस्केको भन्ने कुरालाई कसरी लिनुहुन्छ ?
समंग्रमा मलाइ पनि त्यस्तै लाग्छ । तर फेरी केहीले राम्रो कमाइ पनि गरीरहेकै छन् । पाइरेसी छ । गीत रेकर्ड भएर वाहीर आउन पाएको छैन, निशुल्क हेर्न पाउने गरी युट्युवमा आउँछ, अनी इमेलमा फर्वाड गरीन्छ । पेन ड्राइभमा मागीन्छ । प्रयोग गरीन्छ । कतिपय साइवरमार्फत गीत कपि गर्न पाइन्छ । वान जीवी बरावर यती पैसा भन्न थाल्छन् । गाउनेको, संगीतकारको, रचनाकारको , कैयौंलाइ थाहै हुँदैन । गीत सुन्यो, इन्जोइ ग¥यो सकीयो । कतिपय अवस्थामा संगीतको यसरी फ्रीमा प्रयोग हुँदै आएको पनि छ । सीडीमा अत्यन्त कम मात्र गीत उत्पादन गरीन्छ । यसले गर्दा समग्रमा संगीतको हालत यस्तो भएको हो । वास्तवीक श्रष्टा भन्दा वाहीरीहरुले फाइदा लिइराखेका छन् । कानुनको पालना नहुँदा पनि यस्तो भएको छ । र संगीत क्षेत्र व्यवस्थित  नहुँदा पनि यस्तो भएको छ । 

८. नेपाली संगित क्षेत्रमा तपाइँले मान्ने आदर्श व्यक्ति ?
मेरा गुरुहरु शास्त्रिय संगीत तर्फ धन बहादुर गोपाली र आधुनीक तर्फ दिपक जंगम । म नारायण गोपाल, अरुणा लामा, तारादेवी, लगायतका श्रष्टालाइ आदर गर्छु । त्यस्तै गजलकार डा कृष्णहरी वराल, संगीतकार गैरे सुरेश लगायतका सर्जक आदर्श व्यक्तिहरु हुनुहुन्छ ।

 ९. संगितक्षेत्रका समकक्षिहरुसंग आफूलाई तुलना गर्दा कसरी गर्नुहुन्छ ?
मेरो आफ्नै प्रकारको गायन शैली छ । म संगीतमा केही कुरा सिक्दै छु । धेरै कुरा सिक्नै बाँकी  छ ।

१०. संगित क्षेत्रका नयाँ पुस्तालाई तपाइँको सुझाव ?
अन्य अग्रजले भनेजस्तै म पनि यही भन्छु, बुझेर आउनुस् ।  र संगीतको गहीराइमा डुवेपछि मोती अवस्य टिप्नुस् । व्यवसायीक वन्न नसकेपनि मन शान्तिका लागि संगीत उपयोगी छ । 

प्रस्तुतिः धु्रवचन्द्र खड्का


,

0 comments

Write Down Your Responses