Powered by Blogger.
मधेशी मोर्चाको सम्झौताहीन संघर्ष र एमाले काग्रेसको कौरव प्रवृति

हरिवोल गजुरेल

नेपाल मधेशी, थारु, जनजातिको बाहुल्यता भएको देश हो । यी समुदायको राजनीतिक, आर्थिक,सांस्कृतिक र भाषिक अधिकारको प्रत्याभूति संघीयता मार्फत गर्न सकिन्छ । सासन–सत्तामा लामो समय देखि हालिमुहाली गरिरहेको ब्राम्हणवादी प्रवृत्ति यी समुदायलाई अधिकार सम्पन्न बनाउन चाहान्न, त्यसैले उत्पीडित समुदायलाई पहिचान दिने सवालमा यो पुरातन सोच बाधक बनिरहेको छ । 
मधेशी, थारु र जनजातिलाई पहिचान सहितको स्वयत्तता दियो भने देश विभाजन हुन्छ भनेर त्रास फैलाइएको छ । यो प्रवृत्तिले केन्द्रीकृत सत्ता अभ्यास गरेर विगतमा खाइपाइ आएको सुविधा यथावत रहोस् भनेर पहिचान सहितको संघीयताको विरोध गरिरहेको छ भने मधेशी, थारु र जनजाति आफ्नो गुमेको अधिकार प्राप्तिका लागि २००७ साल वरिपरि देखि लगातार संघर्ष गरिरहेका छन् । आधुनिक नेपालको प्रथम सहिद लखन थापा मगर हुनुले पनि यसको पुष्टी गर्दछ । यतिखेर यो टकरावको केन्द्रविन्दु तराई–मधेश बनिरहेको छ ।
 २०७२ भाद्र १९ गते तीन दल बिच अन्तिम सहमति भयो तर यो सहमतिमा पनि थारुको पहिचान संबोधन भएन, मगर र मधेशीको क्लस्टर टुक्र्याइयो र समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कमजोर बनाइयो । दलित, महिला, मुस्लिम, किसान–मजदुर लगायत विपन्न समुदायलाई संबोधन गरिएन भन्ने कुरा हरेक पार्टीमा आबद्ध उत्पीडित समुदायलाई गहिरोसंग परेको छ । तर आन्दोलनरत मधेसी मोर्चा वार्तामा बोलाउ“दा पनि नआएर शंकाको घेरामा प¥यो । यो दुःखद  कुरा हो । 
ज्ञानेन्द्र  र कमल थापा प्रवृत्ति संविधानसभालाई असफल पार्न धराप थापेर बसेका छन । वैद्य र विप्लव माओवादीले संविधानसभाबाट संविधान बन्न नदिनुमा नै आफ्नो भविश्य देखेको छ । एकीकृत माओवादी उत्पीडनमा परेका समुदाय र वर्गको पक्षमा अन्तिमसम्म संघर्ष गरि रह्योे, क“ागे्रस लक्पकायो, आफुलाई कम्युनिष्ट भन्ने एमाले उत्पीडनमा परेका वर्ग र समुदायको विरुद्धमा उभियो । असह्य भएपछि गच्छदार सहमतिको प्रक्रियावाट नै अलग भए । संविधानसभा भित्र र बाहिरको संघर्षमा सबै प्रकारका सकारात्मक र नकारात्मक प्रवृत्ति उजागर भयो ।
मुख्य दल बिचमा सहमति भएर सापेक्षिक प्रगतिशील संविधान बन्ने कुराले जनतामा उत्साह संगै यसको कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता छ । संविधान प्रतिको असन्तुष्टिको कसरी प्रतिरोध गर्ने भन्नेमा एमाले अलमलमा छ, का“ग्रेस तराई मधेशको जनआधार खुम्चिन्छ कि भन्ने चिन्तामा छ, एमाओवादी पहिलो संविधानसभा देखि नै सहयात्रामा रहेका पहिचानवादीलाई छाडेर अगाडि बढनु परेकोमा गंभीर भएको छ । तर उ संग अगाडि बढनुको विकल्प छैन । 
मधेशी मोर्चा भित्रको संविधानसभाबाट संविधान नबनोस भन्ने पक्ष गच्छादारको वर्हिगमनले उत्साहित भएको छ भने संविधान बनाउन चाहने पक्ष चिन्तित छ । आफुलाई अब्बल दर्जाको क्रान्तिकारी भन्नेहरु र प्रतिगमनको पक्षमा क्रियाशील शक्ति संविधान बन्ने हो कि भन्ने डरले मुठभेड बढाउन दाउपेच गरिरहेका छन् । यस्तो विषम परिस्थितिबाट देश गुज्रिरहेको छ । यस्तो बेला संंविधानसभाबाट संविधान बनाउन सबभन्दा आवश्यकता जसलाई छ उसले संयम भएर मात्र पुग्दैन, कालकुट विष पनि पिउन तयार हुनु पर्दछ ।
एमाले र का“ग्रेसलाई संघीयता, समानुपातिक एवं समावेशी प्रतिनिधित्व चाहिएकै होइन, उनीहरुको लागि त २०४७ सालको संविधान  नै उत्कृष्ट थियो । गणतन्त्र र धर्म निरपेक्षता उनीहरुको रोजाइ होइन । एमाओवादीलाई १० वर्षको जनयुद्धका उपलब्धि सस्थागत गर्नु छ,मधेसवादी, थारु र जनजातिहरुलाई आन्दोलनका उपलब्धिको रक्षा गर्नु छ । आज प्रदेशको स्वरुप सोचे जस्तो नभए पनि संघीयताको मान्यता स्थापित भएको छ । पहिचानका पक्षधरको वर्चश्व रहेको पहिलो संविधानसभाले गरेका कामको  स्वामित्व वर्तमान संविधानसभाले लिएको छ ।
 का“ग्रेस र एमालेसंग सहमति नगरी दुई तिहाई पुग्दैन, एउटा ढोकाबाट ब्वा“सोलाई लखेट्छु भनेर एकोहोरो लाग्दा अर्को ढोकाबाट बाघ पस्दैछ भन्ने कुरा बुभ्न जरुरी छ । भुकम्पका बखत बाघ पस्न खोजेको थिया,े त्यसलाई एमाओवादीले पहल लिएर रोकेको प्रष्टै छ । आन्दोलनका सबै उपलब्धि गुमाउनु पर्ने गरि संघर्ष गर्नु उपयुक्त हुन्न भन्ने सोचेर  एमाओवादीले १६ बु“दे सहमति गरेको हो । तर मधेशवादी दलहरुले इतिहासबाट शिक्षा लिन सकेनन, उल्टै एमाओवादीलाई गालि गर्दै ३० दलबाट बाहिरिए । एमाओवादी काग्रेस र एमालेलाई दवाब दिएर वार्तामा बोलाउन पहल गर्दछ तर मधेशी मोर्चा सहमति हुन्छ कि भन्ने डरले वार्ताबाट भाग्दछ ।
यस सन्दर्भमा एउटा कथा यसमा जोड्दा सान्दर्भिक नै हुन्छ । एउटा महाजन हाट–बजारबाट ब्यापारको हप्ता असुली गरेर बेलुकी अटैची  बोकेर घर फर्कदै रहेछ । आधी बाटोमा सानो जंगल पर्दो रहेछ । एक सुरले हिंडिरहेको थियो, जंगलबाट एउटा नाङ्गो खुकुरी बोकेको महसुर कछाड बाधेको मानिस फुत्त अगाडि निस्केर,‘ बेला हेर बखत हेर, त“लाई हेर मलाई हेर, तेरो अटैची मलाई दे !’, भनेछ । महाजनले केही नबोली खुरुक्क अटैची दिएछ । अर्को दिन महाजन अर्को हाट बजारमा घुम्दै हप्ता असुली गरिरहेको रहेछ । उही“ लुटेरा महाजनबाट लुटेको अटैची बोकेर त्यतै किनमेल गरिरहेको रहेछ । हुनु के थियो बजारमा दुबैको अकस्मात जम्काभेट भयो । महाजनले भन्यो, ‘ बेला हेर बखत हेर, तलाइृ हेर मलाई हेर, मेरो अटैची  दे !’, लुटेराले केही नबोली अटैची दियो । 
यो कथाको शिक्षा परिस्थतिको ख्याल गर, अनावश्यक हठ नगर भन्ने हो ।  मधेशवादी दलका नेताले परिस्थिति र परिणाम ख्याल गरेको देखिएन ।  युद्ध र आन्दोलनमा सफलता हासिल गर्न अगाडि—पछाडि, दाया“— बाया“ गर्न सिपालु हुनै पर्छ ।  खास अवस्थामा सम्झौता नेताहरुले गर्नै पर्ने हुन्छ । तर सम्झौता गर्दा पुरै ढोका बन्द हुने गरि गर्नु हुन्न, अगाडि बढने सानो भए पनि बाटो भने राख्नै पर्छ । यसो गर्नु आत्मसमर्पण हुन्न । संविधान निर्माणको यो घडीमा सम्झौता हीन संघर्षको बाटो नेपाल र नेपालीको पक्षमा हुन सक्दैन । किनकी सम्झौता विना यो संविधानसभाबाट संवीधान बन्दैन, संविधान नबने के हुन्छ भनिरहनु पर्दैन । अगाडि जाने सानो बाटो राखेर मधेशवादी दलले सम्झौता गर्नै पर्छ, एमाले र काग्रेसलेले पनि हेपेर कौंरवको जस्तो अहंकार राख्नु हुन्न ।


,

0 comments

Write Down Your Responses