Powered by Blogger.
प्रहरीबाटै पेट्रोलको ‘अवैध धन्दा’

काठमाडौं, ११ कातिक । नेपालको संविधान जारी भएसँगै त्यसमा असन्तुष्टि जनाउँदै भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशमा इन्धनको हाहाकार भएको छ ।

इन्धनको अभाव भएकै बेला प्रहरीकै संलग्नतामा पेट्रोलको अवैध धन्दा भएको भन्दै जनगुनासो आएको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रहरीको सक्रियतामा पेट्रोलियम पदार्थमा मनपरी गरिएको भन्दै सामाजिक सञ्जारमार्फत प्रहरीसम्म गुनासो पुगेपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रहरीकै संलग्नतामा पेट्रोलको धन्दा भएको भनि सामाजिक सञ्चालमार्फत सूचना प्राप्त भएकाले छानबिन सुरु भएको जानकारी दिएको हो ।
नेपाल प्रहरीले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमार्फत भनेको छ, ‘सामाजिक संजालका सदस्यहरुबाट प्राप्त सूचना ‘प्रहरीको पेट्रोल धन्दा’का सम्बन्धमा प्रहरी प्रधान कार्यालयबाट छानविन शुरु भैसकेको व्योहोरा जानकारी गराउदछौ।’
सामाजिक संजालका सदस्यहरुबाट प्राप्त सूचना “प्रहरीको पेट्रोल धन्दा”का सम्बन्धमा प्र.प्र.का. बाट छानविन शुरु भैसकेको व्योहोरा जानकारी गराउदछौ।

— Nepal Police (@NepalPoliceHQ) October 28, 2015

यसअघि प्रहरीकै भ्यानको सहयोगमा राजधानीको सामाखुसीमा जरकिनमा पेट्रोल ल्याएर एक घरमा लुकाइएको समेत सार्वजनिक भएको हो ।
यस्तै गुल्मी चितवन लगायतका स्थानमा पनि प्रहरीले पेट्रोलमा मनपरी गर्ने गरेको गुनासो आएको छ । यी सबै विषयमा निश्पक्ष छानबिन हुने प्रहरीको दाबी छ ।
इन्धन नपाएर सर्वसाधरणले सास्ती भोगिरहनु परेको अवस्थामा जनताको सेवक प्रहरी नै अवैध धन्दामा लाग्नु दुखद भएको भन्दै सर्वसाधारणहरुले यथायक्य सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् ।
प्रहरीले पेट्रोलको कालोबजारी गरेको अभियोगमा विभिन्न व्यक्तिहरुलाई कारबाही गर्दै आएको बेला प्रहरीमाथि नै कालोबजारीको आरोप लागेको हो ।


,

0 comments

Write Down Your Responses