Powered by Blogger.
सिन्धुलीगढीमा राष्ट्रियताको झण्डा फहराएपछि

आज भन्दा २५० वर्ष पहिले हाम्रा बहादुर पुर्खाहरुले नेपाली स्वाधीनता माथि धावा वोल्ने बृटिस सेनासँग बहादुरीताका साथ लडाई लडिरहेका थिए । लडाई मात्र लडिरहेका थिएन्न् त्यो हतियारले सजिएको बृटिस सेनालाई आफ्नै मौलिकताका कृतिम हतियारहरुको प्रयोग गरेर उनिहरुलाई हावा कावा पार्दै लगारीपनि रहेका थिए । हामीले इतिहास पढ्ने गरेका छौ नेपाल कब्जा गर्न आएको सेना त्यहि पराजयलाई भोग्न नसकेर “अरु सवैसँग लड्ने तर गोरखाली बहादुरहरुसँग कहिल्यै नलड्ने भन्दै फर्कीए अनि मात्र हामी नेपाली रहिरहन पायौ  । आखिर सत्य यहि थियो होला जे होस हामीले नविर्सने र सम्मान गरिरहने कुरा भनेको राष्ट्रियताको निम्ती हाम्रा पुर्खाहरुले बहादुरीता देखाए र विजय पनि हासील गरे यसमा हामीले गौरव गर्नु पर्छ र ति पुर्खाहरुको अनि प्रीय गढीको संरक्षण गर्नु पर्दछ यसमा सायद कसैको दुइमत छैन् ।

सिन्धुलीगढीमा अग्रेजहरुका विरुद्ध वीर गोरखालीहरुले लडाई लडेको इतिहासले मात्र  गढी सम्झनाको र सम्मानको खानि हो भनियो भने सायद अरु इतिहासहरु छायाँमा पर्न सक्छन् । त्यसो गर्दा पनि अग्रजहरु प्रति न्याय हुन्छ र प्रीय गढी प्रति सम्मान हुन्छ जस्तो मलाई पट्क्कै लाग्दैन् । सिन्धुलीगढी जहाँ आज भन्दा २२ वर्ष अगाडि नेकपा(माओवादी)ले नेपाली जनतालाई सवैखाले शोषणबाट मुक्त गराउनको लागी महान् जनयुद्धको उदघोष गरेको थियो । संयोग त्यो जनयुद्ध उदघोषको पहिलो दिन त्यहि गढीमा रहेको तत्कालीन शाही सत्ताको रक्षक प्रहरी पोष्ट माथिको सफल फौजी हस्तक्षेप मार्फत नै सुरु गरेको थियो त्यसकारण पनि नेपाली समाज परिवर्तनको इतिहासमा गढी सम्झना र सम्मानको प्रतिक हो । जनयुद्धलाई समाज परिवर्तनको निम्ती गरिएको महान् उत्सर्ग मान्ने हो र लोकतान्त्रिक गणतन्त्रको स्थापना जनयुद्ध र जनआन्दोलनको जगमा भयो भन्ने हो भने कसैले पनि यो जनयुद्ध र गढीको साइनोलाई छायाँमा पार्न वा नजरअन्दाज गर्न मिल्दै मिल्दैन् । 
मलाई यसपाली सिन्धुलीगढीमा पुगेर विजय उत्सव मनाइरहदा यो अनुभुति भइरहेको थियो के साच्चै गढीको महानतालाई राजनीतिक पार्टीका नेताहरुले, समाजसेविहरुले, पत्रकारहरुले गम्भीरताका साथ मनन् गरेका त छौ ? हामी सवैमा राष्ट्रियताको भावना बढेको हो ? राष्ट्रियता बचाउनको लागी हामी नागरिकले खेल्नु पर्ने भुमीका प्रति गम्भीर भएर हामीले सिन्धुलीगढीमा राष्ट्रिय झण्डा फहराएका हौ ? मेरो  मस्तीस्कमा यी प्रश्नहरुले धेरै जवाफ खोजिरह्यो । म आफैले आफैलाई प्रश्न गरिहेको थिए, राष्ट्रिय स्वाधीनता र स्वाभीमानको लागी २५० वर्ष पहिले गढीमा पुर्खाहरुले लडेको लडाईको सम्मान गर्दै विजय उत्सव मनाउने अनुहारहरु टनकपुर र सुस्तामा गएर एस.एस.पी.को बन्दुकको अगाडि नझुकीकन राष्ट्रियताको झण्डा गाड्न तयार हुन्छन् वा हुदैनन् ? जङ्गे पिलरहरु सार्नेहरुका विरुद्ध मुर्दावाद भन्न तयार हुन्छन् वा हुदैनन् ? लिपु भञ्ज्याङ्गको पक्षमा उभिन सक्छन वा सक्दैनन् । यो प्रश्नले पनि मलाई निक्कै पिरोलीरहेको थियो । यो लेखिरहदा सम्म पनि म यी प्रश्नका उत्तरहरु भेटिरहेको छैन् ।
पुराना इतिहासहरुको संरक्षण गर्नु जायज पक्ष हो तर इतिहासलाई रक्षा गर्दै त्यसको जगमा नयाँ इतिहास पनि  हामीले निर्माण गर्नै पर्छ । १८२४ मा वीर पुर्खाहरुले राष्ट्रियता बचाउनको लागी लडेको लडाईको ब्याज खाएर हामी बहादुर भनेर यतिवेला इतिहास प्रति न्याय हुनसक्दैन् । सवै राजनीतिक पार्टीका नेता, भद्रभलादमी र पत्रकारहरु जम्मा भएर गढीमा प्रत्येक वर्ष मनाइने विजय उत्सवले अवश्य पनि सिन्धुलीबासी जनतामा राष्ट्रियताको भावना जगाएको हुनुपर्दछ । एउटा नयाँ उर्जा प्राप्त त भएकै छ तर त्यो उर्जालाई सुस्ता, महेसपुर र टनकपुरमा लगेर प्रयोग गर्ने कहिले हो ? सुन्दर नेपाल र नेपाली माथी भारतीय विस्तारवादले गरेको नाङ्गो हस्तक्षेपका कारण आफ्नो असली रुप विगारेकी नेपाल आमालाई हसाउँने कहिले हो ? त्यो आन्दोलनको नेतृत्व कस्ले गर्ने हो ? त्यस तर्फ ध्यान केन्द्रीत गर्न गढीको विजय उत्सवले सहयोग गरोस त्यहि कामना र अपेक्षा गरौं ।
अन्त्यमा सिन्धुलीगढीको इतिहासको रक्षा गरौं र राष्ट्र  खतरामा परेको यो क्षणमा हामी सवैले राष्ट्रियताको रक्षा गर्दै आत्मनिर्भर समुन्नत नयाँ नेपालको निर्माण गरौं । यसैमा नेपाल नेपालीको सुन्दर भविष्य छ । विजयकिल्लाको विजय उत्सवले आत्मनिर्भर स्वाधीन र समुन्त नेपाल निर्माणमा सहयोग पु¥याओस । 


0 comments

Write Down Your Responses