Powered by Blogger.
डिभोर्स सम्बन्धी अनौठा कानुन, सुन्दैमा तिनछक परिन्छ


पति पत्नीबीचको सम्बन्ध विच्छेद अर्थात् डिभोर्स आफैमा अपि्रय घटना हो । डिभोर्सको विषयमा दुनियाका विभिन्न देशमा विभिन्न खाले चलन तथा नियम कानुन रहेका छन् । कतिपय देशहरु डिभोर्सका मामिलामा बढि महिलामैत्री छन् भने कतिपय देशहरुले पुरुषलाई अधिकार सम्पन्न बनाएका छन् । बेलायती अनलाइन मेट्रो डट को डट युकेका अनुसार डिभोर्स सम्बन्धी विश्वका केही अनौठा नियम कानुन यस्ता छन्ः
 साउदी अरबमा यदि कुनै महिलाले आफ्नो श्रीमानलाई हरेक बिहान मिठो कफी बनाएर खुवाइनन् भने श्रीमानले उनलाई तलाक दिन पाउँछ ।
· चीनको एक पुरानो कानून अनुसार कुनेपनि महिलालाई आफ्नो श्रीमानले धोका दिइरहेको लागेमा डिभोर्स गर्ने हक छ । यतिमात्र होइन धोका दिएको वा परस्त्रीसँग लागेको देखेमा हत्यासम्म गर्ने छुट पुरानो कानूनले दिएको थियो । नियम यस्तो थियो की धोकेबाज श्रीमानको हत्यामा कुनै हतियारको प्रयोग गर्न पाइन्नथ्यो ।
· समोआमा यदि पतिले आफ्नी पत्नीको जन्मदिनको शुभकामना दिन भुल्यो भने सकस पर्यो । आफुलाई बर्थडे विस नगर्ने लोग्नेलाई डिभोर्स दिने हक समोआका महिलामा सुरक्षित छ ।
· अमेरिकाको कन्सासका कतिपय क्षेत्रमा पुरुषलाई आफ्नी श्रीमतीकी आमासँग पनि शारीरिक सम्बन्ध कायम राख्नु आवश्यक हुन्छ । यसो नगर्ने पतिलाई उसकी श्रीमतीले डिभोर्स दिन पाउँछे ।
· कुवेतमा यदि कोही पुरुषले महिलालाई घुरेर हेर्यो भने जेलको हावा खानुपर्छ । यतिमात्र होइन कुनै पुरुषले पोथी जनावरलाई पनि यौनभावनाले हेर्यो भने उसलाई समेत जेल सजाय हुन्छ ।
· अस्ट्रेलियामा यदि कोही आदिवासी महिला आफ्नो पतिसँग अलग हुन चाहेमा पतिलाई मनाउने कोसिस गर्न सक्छन् । वा तुरुन्तै कुनै दोश्रो पुरुषसँग बिहे गरेर आफ्ना पहिलो दाम्पत्य सम्बन्धलाई टुंगाउन सक्दछन् ।
· अमेरिकाको कोलोराडोमा पहिले यस्तो कानुन थियो की आइतबार आफ्नो इच्छा विपरित सेक्स गर्न चाहने पतिलाई पत्नीले जेल हाल्न सक्थिन् र डिभोर्स दिन सक्थिन् । आइतबार विदाको दिन आराम गर्ने दिन भएकाले सम्भोगका लागि कर गर्नु हुँदैन भन्ने मान्यता भएर होला । एजेन्सीको सहयोगमा 


,

0 comments

Write Down Your Responses