Powered by Blogger.
सिन्धुलीमा पनि मनाईयो विश्व चर्पि दिवस

सिन्धुली, ३ मंसीर । सबैका लागि पोषण र सरसफाई भन्ने मुल नाराका साथ विश्व भरि मनाईएको विश्व चर्पि दिवस सिन्धुलीमा पनि मनाइएको छ । 
विश्व चर्पि दिवसको अवसरमा आज खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुली र कमलामाई नगरपालिकाको संयोजकत्वमा ग्रामिण महिला चेतना केन्द्र, प्लान नेपाल, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो), युनिसेफ र नेवाको सहयोग र सक्रियतामा पूर्ण सरसफाइ अभियान  सिन्धुलीमाढीमा बन्द अवस्थामा रहेका चर्पिलाई सरसफाई अभियान संचालन गरि पुन प्रयोगमा ल्याउने काम गरीएको छ । 
दिवसको अवसरमा आयोजना गरिएको सरसफाई कार्यक्रमको क्रममा कनपा ७ शिवनगरमा लामो समय देखि वन्द रहेको सार्वजनिक शौचालयलाई खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख मोहन कुमार शाक्य ,जिल्ला विकास समितिका मल्लव अधिकारी, कनपाका वातावरण शाखा प्रमुख प्रकाश चन्द्र कार्की, भिडब्लु सिसिका अध्यक्ष खड्ग बसु, कार्यक्रम संयोजक प्रमोद तिमल्सिना, एन्फो जिल्ला संयोजक मदन कुमार पाण्डेय, नेवा का गणेश तिमल्सिना लगायत उक्त संस्थाका कर्मचारीहको उपस्थितीमा सरसफाइ गरी पुन प्रयोगमा ल्याउने अवस्थामा पुयाइएको छ । 
सरसफाइ अभियान पश्चात स्थानीय जनसमुदायको भेला गरि सार्वजनिक शौचालय को दिगो प्रयोग र सरसफाइ गर्न छलफल सहित आग्रह  गरिएको थियो । 


,

0 comments

Write Down Your Responses