प्रहरी निरीक्षककै श्रीमतीले पाइनन् न्याय
जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गराएन
राजन परियार
श्रीमानले कुटेपछीका तस्विरहरु । |
सिन्धुली,३ पौष । दुधौली नगरपालिका वडा नं. ६ निवासी इन्दिरा निरौला आफ्नै श्रीमान प्रहरी निरीक्षक चन्द्र वहादुर थापावाट अन्यायमा परेकी छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै वेला प्रहरी निरीक्षक पदमा कार्यरत थापाले आफुलाई कुटपिट गरी ज्यान मर्ने सम्म प्रयास गरेको पिडितले बताइन् । कुटपिटमा संलग्न ससुरा विष्णु वहादुर थापा, नाताले देवर पर्ने दिनेश राउत समेत रहेको उनले वताइन ।
जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिन्धुली पुगेकी पिडित निरौलाको शुक्रबार सम्म जाहेरी दर्ता गराइएको छैन । ज्यान मार्ने उद्योगमा श्रीमान चन्द्र वहादुर थापा, ससुरा विष्णु वहादुर थापा र नाताले देवर पर्ने दिनेश राउत विरुद्ध मुद्धा दर्ता गराउन लागेको भएपनि प्रहरीले उजुरी नलिएको उनले बताइन ।
थापा विरुद्ध सर्वोच्च अदालतमा वहुलविवाहको र काठमाण्डौ अदालतमा घरेलुहिसांको मुद्धा चलिरहेको छ र यस अघि पुनरावेदन अदालतले वहुलविवाहको मुद्धा पिडित निरौलाकै पक्षमा फैसला गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरिक्षक अनुराग कुमार द्धिवेदीले सरकारी वकिलको सहायता लिनु पर्ने भएकोले र शुक्रबार आफु कार्यक्रम व्यस्त भएका कारण मुद्धा दर्ता गराउन नसकेको वताए । पिडितको जाहेरी दर्ता हुने उनको भनाई थियो ।
प्रहरी निरीक्षक थापा हाल प्रहरी विपद व्यवस्थापन विभाग काठमाडौमा कार्यरत रहेका छन् । न्यायको कुर्सीमा वसेर पटक–पटक आफ्नै श्रीमतीलाइनै अन्याय गर्नेले अरुलाइ कसरी न्याय दिन सक्छ भन्ने प्रश्व उब्जीएको छ । पिडित महिलालाई न्याय दिने र दोषि जो कोही भएपनि कार्वाहीको दायरामा ल्याउनु पर्ने आवश्यक्ता देखिन्छ । जिम्मेवार निकायको यस तर्फ ध्यान जान जरुरी छ ।
0 comments
Write Down Your Responses