Powered by Blogger.
सर्वहारा वर्गका महान् नेता माओ



माओ त्से तुङ विश्वसर्वहारा वर्गका नेता र श्रमजीवी आम जनसमुदायका मार्गदर्शकको रुपमा विश्वमा परिचय बनाएका महामानव हुनुहुन्छ । 
चीनको हुनान प्रान्तको शाङ्थान काउण्टीको शाओशानमा गरीब हजुर बुवाको निक्कै परिश्रमपछि धनी भएका बावुको एक छोराको रुपमा सन् १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको एक गरीब परिवारमा जन्म भएको थियो । बुवा सुन नेग र आमा वि. माई, भाई २ थिए ।
प्रा.वि.को अध्ययन घरमै गरेर सन् १९१० शरदयाममा उच्च प्रा.वि.को अध्ययन गर्न श्याङ्श्याङ काउण्टिको तुङशानमा भर्ना भएर अध्ययन गर्दै गर्दा सन् यात्सेनको नेतृत्वमा सामन्तवाद बिरोधी क्रान्तिमा भाग लिनुभई क्रान्तिपछि ६ महिनासम्म नौलो सेनामा सेवा गर्नुभयो । त्यसको दुई वर्षपछि हुनान चौथो प्रान्तीय नर्मल स्कुलमा भर्ना भई सन् १९१८ मा स्नातकको उपाधी प्राप्त गर्नुभयो । त्यही अप्रीलमा छाई हसन र अरुहरुसँग
मिलेर नौलो जनसमाज स्थापना गर्दै त्यसैको माध्यमबाट युवाहरुलाई प्रगतिशील विचार र क्रान्तिकारी अनुभवले संगठित गर्ने कार्य गर्नुभयो । यसबाट उहाँ आफै माक्र्सवादको सम्पर्कमा पुग्नुभयो । ४ मई आन्दोलनदेखि जुलाईसम्म उहाँले श्याङ्श्याङ समीक्षा प्रकाशन गर्न थाल्नुभयो । 
सन् १९२० शरदमा कम्युनिष्ट समूहहरु गठन गर्न थाल्नुभयो । सन् १९२१ जुलाईमा चिनीयाँ कम्युनिष्ट पार्टीको स्थापना हुँदा उहाँ संस्थापक हुनु भई प्रथम राष्ट्रिय महाधिवेशनमा भाग लिंदा उहाँ सहभागी हुनुभयो । उहाँ हुनान क्षेत्रीय समितिको सेक्रेटरी हुनुभयो र छाङ्शा र आनयान मजदुर आन्दोलनको नेतृत्व गर्न पुग्नुभयो । सन् १९२३ जुनमा तेश्रो राष्ट्रिय महाधिवेशनमा भाग लिनुभयो । यो महाधिवेशनको निर्णय अनुसार सन् यात्सेनको नेतृत्व रहेको कोमिन्ताङमा स्वतन्त्र हैसियतले भाग लिने र साम्राज्यवाद र सामन्तवाद बिरोधी राष्ट्रिय संयुक्त मोर्चाको निर्माण गर्दा त्यसमा माओ केन्द्रीय कार्यकारिणी सदस्य निर्वाचित हुनुभयो । सन् १९२४ जनवरी र १९२६ जनवरीको मोर्चाको महाधिवेशनमा उहाँ वैकल्पिक सदस्य भई केन्द्रीय प्रचार विभागको जिम्मेवारी लिई राजनैतिक साप्ताहिकको सम्पादन गर्न थाल्नुभयो । 
उहाँ सन् १९२६ नोभेम्बरमा पार्टीको किसान आन्दोलन आयोगको सचिव भई आन्दोलनमा होमिनु भयो । यही नै महान् चिनीयाँ जनयुद्धको आधार बन्न पुग्यो । सन् १९२७ मा च्याङकाई सेक र वाङचिङ वेईले कम्युनिष्ट बिरुद्ध विश्वासघात गर्दै सैनिक विप्लव गरी कोमिन्ताङबाट निकाल्ने मात्र गरेनन्, दमन शुरु गरे । अगस्त ७ मा हानखओमा के.स.को जरुरी बैठक बसी माओकै नीति अनुसार कृषि क्रान्ति र शसस्त्र प्रतिरोध मार्फत् राज्यसत्ता हत्याउने निर्णयमा पुग्दा उहाँ पिविएम भई हुनानमा नै खटिनुभयो । सेप्टेम्बर ९ मा शरदवाली बिद्रोहको नेतृत्व गर्दा बनेको उहाँका बिद्रोही सेना र कोमिन्ताङ सेनाबाट चुतेहको नेतृत्वमा बिद्रोह गरी आएको सेना मिलाएर सन् १९२८ अप्रिलमा चुतेहको नेतृत्वमा चौथो मार्ग सेना निर्माण गरी माओ पार्टीको प्रतिनिधी र मोर्चाको सचिव बन्नुभयो । 
सन् १९२ ९ जनवरीमा चिङकाङ शान पहाडको आसपास विशेष गरी दक्षिणी क्षेत्रतिर क्रान्तिकारी आधार इलाकाहरु खडा गरी उक्त पहाडहरुलाई केन्द्रिय आधार इलाका बनाइयो ।  धेरै शहरहरु कम्युनिष्टका घेरामा परिसकेका थिए । सन् १९२९ डिसेम्बरमा सेनाले नवौं पार्टी प्रतिनीधी सम्मेलन डाक्दा माओले मस्यौदा तयार गरी पारित गराउनुभयो । सन् १९३० अगस्तमा लाल सेनाको पहिलो मोर्चा सेना निर्माण गर्दा माओ आम मोर्चा समिति सचिव र राजनैतिक प्रशिक्षक बन्नुभयो । सन् १९३१ नोभेम्वरमा चिनीयाँ सोभियत गणतन्त्रको केन्द्रीय अस्थाई सरकार बन्यो, त्यसमा माओ अध्यक्षमा निर्वाचित हुनुभयो । 
सन् १९३० को अन्त्यमा प्रतिक्रान्तिकारी धेरै वटा दमन (घेराउ र दमन) अभियान माओ र चुतेह भएर परास्त गरिदिनु भएको थियो । माओको सही नीति बिरुद्ध त्यहीबेला पार्टीले वाङ मिङको वामपन्थी दुस्साहासवादी नीति लागुभयो । त्यसको परिणाम कोमिन्ताङको पाँचौं दमन अभियानसँग जुध्न नसकेर पराजयमा टुङ्गियो । सन् १९३५ जनवरीको पार्टी पिविको बैठकले वाङ मिङको वामपन्थी दुस्साहसवादी नेतृत्व हटायो र माओलाई पुनः अगुवाई गर्न स्वीकृत ग¥यो र पार्टीलाई गम्भिर खतराबाट बचायो । क्रान्ति बचाउन लङमार्च शुरु गरियो । जसमा २५ हजार ली लामो पैदल यात्रा १ वर्ष लगाएर पार गर्नु प¥यो । सन् १९३५ अक्टोवरमा उत्तरी शानसीतिर लागे र त्यतिबेला चिनमा अतिक्रमण गर्न आएका जापानी सेनाको तीव्रताले गर्दा चीन अभुतपूर्व दलदलमा फसेको थियो । 
सन् १९३५ डिसेम्बरमा शानसीको वायाओपाओमा बसेको केन्द्रीय समितिको बैठकमा माओले राष्ट्रिय संयुक्त मोर्चा निर्माण गर्ने रणनीति तथा कार्यनीति तय गरी जापान बिरोधी राष्ट्रिय संयुक्त मोर्चाको प्रतिवेदन तयार पार्नुभयो । सन् १९३६ अक्टोवरमा चाङ को थाओ र शु श्याङछ्यानले नेतृत्व गरेको चौथो मोर्चा लालसेना र हलुङ र रन पिसीको नेतृत्वमा रहेको पहिलो र दोश्रो मोर्चा लालसेना मिसिए । यी तीन शक्ति मिसिएर एक शानदार रणनैतिक फड्को पुराभयो । त्यहीबेला डिसेम्बरमा केन्द्रीय क्रान्तिकारी सैनिक आयोग गठन भयो, त्यसमा अध्यक्ष माओलाई सैन्य प्रमुख बनाइयो । सन् १९३६ को डिसेम्बरमा शिआनको घटना घट्यो, जसमा कोमिन्ताङका दुई देशभक्त जर्णेलहरु च्याङ श्वेल्याङ र याङ छुसङले च्याङकाइसेकले गृहयुद्धमा लागेको भन्दै क्रान्तिकारी सैनिकसित शान्ति वार्तामा बस्न बन्दी बनाए । माओ र चाओको तत्परताले जापान बिरोधी प्रतिरोध कार्यमा र राष्ट्रिय एकतामा महत्वपूर्ण ऐतिहासिक भूमिका खेल्यो । सन् १९३७ को अगस्तमा जापान बिरोधी प्रतिरोध युद्धको बिष्फोट भएपछि उत्तरी शानसीको ल्वोछ्वानमा बसेको पिवी बैठकमा माओले महत्वपूर्ण भाषण दिनुभयो, जसमा जापानको प्रतिरोध गर्ने र राष्ट्रलाई बचाउने १० सुत्रीय कार्यक्रमसमेत पारित भएको थियो । 
सन् १९३८ सेप्टेम्बरदेखि नोभेम्बरसम्म छैठौं पूर्ण अधिवेशनमा रिपोर्ट पेस गर्दै वाङ मिङसित पार्टी एकताका बिषयमा पुनरावलोकन गर्दै पुष्टि गर्नुभयो । त्यसबेला माओले माक्र्सवादी लेनिनवादी सिद्धान्तको विकास गरी सिद्धान्तलाई सुत्र होइन, ब्यवहारिक प्रयोग गर्न आह्वान गर्नुभयो । सन् १९३९– ४० सम्ममा बिभिन्न प्रसिद्ध रचनाहरु तयार गरी पार्टी, सेना र मोर्चा निर्माणमा जोड दिनुभयो । सन् १९३८ अक्टोवरमा वैरीले आधारक्षेत्र कब्जा गरेपछि करिव २ वर्ष युद्ध विराम जस्तो स्थिति आयो । त्यसको परिणामस्वरुप सन् १९४१ मा गम्भिर आर्थिक तथा अन्य कठिनाईहरु आएको बेला जनताको आड लिन आह्वान गर्दै क्रान्तिलाई अगाडी बढाउन माओले पहल गर्नुभयो । अर्को साल माओले शुद्धिकरण अभियानको नेतृत्व गर्नुभयो । सन् १९४३ मा पार्टी पि.वि.को बैठकमा माओ अध्यक्ष हुनुभयो ।
सन् १९४५ मार्च–अप्रिलमा सातौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष माओ हुनुभयो । त्यहाँबाट माओबिचारधारा पारित भएपछि उहाँ जीवन पर्यान्त अध्यक्ष भइराख्नुभयो । सन् १९४५ अगस्तमा माओ र चाओसँग छुङ छुङमा चा सोसँग वार्ता गर्न गई अक्टोवर १० मा हस्ताक्षर भयो । सन् १९४६ गृष्ममा च्याङकाई सेकले षड्यन्त्र गरी वार्ताभङ्ग गरी आक्रमण ग¥यो । उसले गृहयुद्ध निम्त्याएपछि माओले आत्मरक्षाको लागि प्रतिरोध गर्न र उसको योजना चकनाचुर पार्न जनतालाई आह्वान गर्नुभयो । उसका सेना र अखडाहरु ध्वस्त हुँदै गए । युद्धमा विजयले निर्माण भएको येनान आधार इलाकामा रहेको पार्टी र सेनाका हेडक्वार्टरहरु वैरीका आक्रमणमा परेर नबच्ने अवस्थामा पुगेका बेला सन् १९४७ मार्चमा उत्तरी सानसिमा सारेर माओले बचाउनु भयो । त्यसपछि राष्ट्रिय मुक्ति युद्ध संगठित गर्न माओ निरन्तर लागिरहनुभयो । सन् १९४७ सेप्टेम्बरमा याङ च्याव ओ बैठकमा अध्यक्ष माओले महत्वपूर्ण १० सिद्धान्तहरु अघि सार्नुभयो । 
सन् १९४८ सेप्टेम्बर र १९४९ जुनमा ३ वटा ठूलठूला फौजी विजयहरु हासिल गर्दा माओको नेतृत्वदायी योगदान र महत्वपूर्ण भूमिका रहेको थियो । सन् १९४९ अप्रिलमा सेनालाई निर्देश गर्दै आधारक्षेत्रमा जनसत्ताहरु सञ्चालन गर्दै क्रान्तिको माओले सुनिश्चितता गर्नुभयो । अक्टोवर १ मा कोमिन्ताङलाई हराएर तानाशाह च्याङ काई सेकलाई चीनबाट पतन गराएपछि तियान्मेन चोकमा जनवादी गणतन्त्र चीनको घोषणा गर्नुभयो । जनवादी क्रान्ति सम्पन्न भएपछि चीनका राष्ट्राध्यक्ष माओले डिसेम्बरमा सोभियत संघको भम्रण गर्नभुयो र सन् १९५० फेबअु्ररीमा सम्झौता समेत गर्नुभयो । सन् १९५३ मा समाजवादी क्रान्तिको थालनी गरी अर्को सालको सेप्टेम्बरमा राष्ट्रिय जनकंगेस्र स्थापना गरी चीनको संविधान जनकंगेस्र बाट पारित गरी माओ जनकंगेस्रको अध्यक्षसमेत हुनुभयो । 
सोभियत समाजवादमा नवसंशोधनवादीहरुले कब्जा गरिसकेको अवस्थामा १९५७ फेबअु्ररीमा समाजवाद स्थापना गरी चीनीयाँ क्रान्तिबाट संश्लेषित महत्वपूर्ण बिचार र सिद्धान्तहरु प्रतिपादन गर्नुभयो । सोही सालको गृष्ममा राज्य ब्यवस्था र पार्टीमाथि पार्टीभित्रका संशोधनवादी कित्ताबाट सोभियत नवसंशोधनवादीहरुको सहयोगमा गम्भीर खालका आक्रमणहरु भए र त्यसले वर्ग संघर्षको रुप लियो । त्यसमा माओबिचारले विजय हासिल गरी समाजवादी सत्ता र पार्टीलाई जोगाउन माओ सफल हुनुभयो । सोही साल नोभेम्बरमा माओ सोभियत संघमा कार्यक्रममा भाग लिन जानुभयो । 
सन् १९५८ को शुरुमा ग्रामिण जनकम्युन गठन आन्दोलनमा भएको बामपन्थी गल्तीबाट र अर्को साल दक्षिणपन्थी भड्कावबाट पार्टीलाई जोगाउनु भयो । यो अवधिमा भएको महाविवादबाट माओबिचारलाई समृद्ध गर्दै माओवादका लागि आधार खडा गर्नभु यो । समाजवादी चीनमा सन् १९६० देखि ६५ सम्मका अनुभवहरुबाट चीनमा भएका बिभिन्न खाले संशोधनवादीहरुसँग भएका वर्गसंघर्षको रुपमा जन्मिएका संघषबाट भएका अनुभवहरुबाट निष्कर्ष निकाली सन् १९६६ देखि माओले नयाँ खालको वर्गसंघर्षको थालनी गर्नभु यो । जसलाई १६ बँुदे कार्यक्रम मार्फत महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । यो सारमा माओवाद थियो । क्रान्तिको रक्षा गर्ने, नयाँ खालको प्रयोग गर्ने र विकास गर्ने यो भन्दा बाहेक अर्को बिकल्प नै थिएन । महान् सर्वहारा साँस्कृतिक क्रान्तिको अवधीमा पटक– पटक चीनीयाँ क्रान्तिमा साम्राज्यवाद तथा सामाजिक साम्राज्यवाद र आन्तरिक रुपमा वाम तथा दक्षिण कोणबाट आक्रमणहरु भइराखे र माओ त्यस बिरुद्धको संघर्षमा नेतृत्वदायी भूमिकाका साथ डटिरहनुभयो । उहाँले त्यसबेला तीन विश्वको ब्याख्या गरी नयाँ सिद्धान्त प्िर तपादन गर्नभु यो । यसले सर्वहारा अन्तर्राष्ट्रियवादमा नयाँ आयाम थप्न पुग्यो । साँस्कृतिक रुपमा नै मानिस रुपान्तरण भएर मात्र सर्वहारा वर्गको सच्चा नेतृत्व विकास हुन सक्छ, यसका लागि लामो साँस्कृतिक रुपान्तरण आवश्यक हुन्छ भन्ने माओको विचार रह्यो । चीनमा यो अस्वीकार गर्नेहरुले पार्टी, सत्ता र सेनामा कब्जा जमाउन खोज्दैथिए । 
सन् १९७६ सेप्टेम्बर ९ मा माओको निधन भएको मौकामा षड्यन्त्र गर्दै देङ मण्डलीले राज्य व्यवस्थाका सबै अंगमा कब्जा गरिछाडे र महान् सर्वहारा साँस्कृतिक क्रान्तिको अन्त्य गर्दै चीनमा प्रतिक्रान्ति भयो । चीनमा भएको यो प्रतिक्रान्तिकारी घटनाले विश्व कम्युनिष्ट आन्दोलनलाई दुई चिरा पारिदियो । एउटाले छद्म संशोधनवादको रुप लियो भने अर्कोले क्रान्तिकारी धारको रुप लियो । यसअघि विश्वमा कम्युनिष्ट क्रान्ति सम्पन्न गर्न अनेक सिद्धान्तहरु प्रयोगमा आएको सन्दर्भमा अबको विश्वक्रान्ति कसरी अगाडि बढाउने नयाँ ढङ्गले खोजी शुरु भयो । विश्वका सबै खालका क्रान्ति र प्रतिक्रान्तिहरुलाई सँगाल्दै पेरुको क्रान्तिसँग जोडेर सर्वहारा वर्गका नेता क. गोञ्जालोको नेतृत्वमा सन् १९८४ मा माओवादमा आधारित सिद्धान्तभित्र रहेर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रिमको गठन भयो । अहिलेको विश्वमा यही सिद्धान्तमा आधारित भएर मात्र क्रान्ति संभव छ भन्ने पुष्टि भैसकेको छ ।
प्रस्तुतीः बिनाेद दाहाल (साभार राताेखबर साप्ताहीकबाट)


,

0 comments

Write Down Your Responses