Powered by Blogger.
खाद्य स्वच्छता सम्बन्धी अन्तरक्रिया सम्पनन्

सिन्धुली, १३ पौष । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा सोमबार सिन्धुलीमाढीमा खाद्य स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पनन् भएको छ । 
खाद्य अनुसन्धान अधिकृत अनुप हुलुवाइको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले अन्तरक्रिया कार्यक्रमले व्यापारी तथा उपभोक्ताहरुलाई खाद्य स्वच्छता सम्बन्धी सचेतना दिन महत्वपूर्ण भुमीका निर्वाह गरेको बताए । व्यापारी र उपभोक्तालाई सचेत गराउन सकेमा खाद्य स्वच्छता प्रभावकारी हुन सक्ने प्रजिअ नेपालको भनाई थियो । 
त्यस्तै कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष विनेश श्रेष्ठले खाद्य स्वच्छताको बारेमा अझ गहिराईमा पुगेर उपभोक्ता र व्यापारीहरुलाई जानकारी गराउन आवश्यक रहेकोमा जोड दिए । 
कार्यक्रममा खाद्य स्वच्छता र रासायनिक मिशावटयुक्त खाद्य पर्दाथले मानव जीवनमा पर्न सक्ने असहरुको बारेमा जानकारी समेत गराइएको थियो । 


0 comments

Write Down Your Responses