Powered by Blogger.
सिन्धुली मरीण महोत्सव–२०७२ उदघाटन

मन्त्री गजुरेलद्धारा उदघाटन, नविन पौडेलले चनाए सवैलाई 

ठुलोकान्छो सार्की
महाेत्सवकाे उदघाटन गर्दै मन्त्री गजुरेल । 
मरीणखोला, १५ पौष । कला, सस्कृति, धार्मीक, ऐतिहासीक र हाइड्रोपावर वन जंगलको संरक्षण गरौं, आन्तरिक पर्यटन उद्योग व्यापार तथा कृषिमा आधारीत माछा र तामाको प्रबद्र्धन गरौं भन्ने मुल नाराका सुरु भएको सिन्धुली मरिण महोत्सव–२०७२ को बुधबार भव्य उदघाटन भएको छ । भव्य समारोह बीच महोत्सवको उदघाटन कृषि मन्त्री हरिबोल गजुरेलले हुन ।  
दर्शकहरूलाइ भरपुर मनाेरन्जन दिदै गायक नविन पाैडेल र साथमा चर्चित हास्य कलाकार दिनेश काफ्ले । 
महोत्सवको उदघाटन् गर्दै प्रमुख अतिथी गजुरेलले मरीण क्षेत्रको विकासमा महोत्सवले महत्वपूर्ण भुमीका निर्वाह गर्ने बताए । मन्त्री गजुरेलले भने, ‘मरीणको विकासका लागी महोत्सले निक्कै महत्वपूर्ण भुमीका निर्वाह गर्छ, मरीण क्षेत्रका संभावनाहरु पहिचान गर्न महोत्सव महत्वपूर्ण छ ।’ गजुरेलले मरीण क्षेत्रका जनताको सहयोग र मायाँले नै आफु कृषि मन्त्री बनेको स्मरण गर्दै मरीण क्षेत्रलाई विकास गर्न आफु गम्भीर भएर लागीपरेको समेत बताए । 
महाेत्सवमा उपस्थित उवासंघ सिन्धुलीका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुख डिएपी र अतिथीहरू । 
मन्त्री गजुरेलले कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरण गरेर मात्र कृषकहरुको जीवनस्तरमा परीवर्तन ल्याउन सकिने भएकाले कृषि मन्त्रालयले कृषिमा आधुनिकीकरण गर्दै कृषकहरुको भविष्य सुनिश्चित गर्ने कार्यक्रम अघि सारेको समेत बताए । 
त्यस्तै विशेष अतिथीको रुपमा बोल्दै सिन्धुली क्षेत्र नं.२ का सांसद मोहन प्रसाद बरालले सिन्धुलीको विकासका लागी सवै पक्ष एकजुट भएर अगाडि बढ्न आवश्यक्ता रहेकोमा जोड दिए । सासंद बरालले भने, ‘जिल्लाको विकासका लागी हामी सवै एकजुट भएर लागेका छौ, त्यसमा तपाईहरुको साथ अपरीहार्य छ ।’ संविधान घोषणामा एकजुट भएका दलहरु सविधान कार्यान्वयनमा पनि एकजुट भएरै लाग्ने प्रयास भइरहेको समेत बराले बताए । 
महोत्सवको उदघाटन सत्रमा बोल्दै अतिथी तथा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले महोत्सवलाई भव्य र शालिन ढंगले सम्पनन् गर्नका लागी आयोजकसँग अनुरोध गरे । प्रजिअ नेपालले महोत्सवका चुनौतीहरुको सामना गर्न सुरक्षा निकाय एक्लैले नसक्ने भएकाले सवैले सहयोग गरेर भव्य र सानदार रुपमा सम्पनन् गर्नका लागी सहयोग पु¥याउन सवैपक्ष सँग आग्रह गरे । प्रजिअ नेपालले महोत्सवलाई विहान १० बजेदेखी ४ बजे सम्म मात्र सञ्चालन गर्न समेत आयोजकलाई निर्देशन दिए । 
कलाकार नविन पाैडेलकाे गितमा नाच्दै कृषि मन्त्री गजुरेल र अतिथीहरू । 
उदघाटन सत्रमा स्थानीय विकास अधिकारी शिव प्रसाद हुमेगाई, राप्रपाका जिल्ला उपाध्यक्ष अशोकराज राजभण्डारी, एकीकृत नेकपा(माओवादी)का पानीराज बम्जन, नेकपा(एमाले)का देवकुमार घिसिङ्ग, नेपाली काग्रेसका खड्ग वाईवा, उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष बिनेश श्रेष्ठ, यातायात व्यवसायी कान्छामान बल, पर्यटन व्यवसायी विकास लामा साथै राजनैतिक पार्टीका स्थानीय प्रतिनिधीहरुले शुभकामना मनतव्य व्यक्त गरेका थिए । 
दर्शकहरू । 
महोत्सवको उदघाटन सत्रमा चर्चित कलाकार नविन पौडेलले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । पौडेलले कार्यक्रममा उपस्थिती अतिथी तथा स्थानीयहरुलाई छमछम नचाएका थिए । नविन पौडेलले गीत गाईरहदा स्थानीय दर्शकहरुमात्र होइन प्रमुख अतिथीको रुपमा रहेका कृषि मन्त्री हरिबोल गजुरेल समेत नाचेका थिए । पौडेलले यस्तै हुन्छ भन्ने भा नाउने थिइन मायाँ बोलको रोयला गीत गाउँदा दर्शकहरु छमछामी नाचेका थिए ।
कलाकार नविन पाैडेलसँगै नाच्दै दर्शकहरू । 
महोत्सव आउँदो साताको बुधबार सम्म चल्ने छ । महोत्वसमा स्थानीय उत्पादनलाई प्रदर्शन गर्नका लागी ६५ वटा स्टल निर्माण गरीएको छ । महोत्वसलाई ४ लाख भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने र करीब १ करोडको कारोबार हुने अनुमान गरीएको मुल आयोजक समितिका कोषाध्यक्ष सुनिल लामाले जानकारी दिए ।  
स्थानीय कला प्रदर्शन गर्दै । 
महोत्सवमा कलाकार रोज मोक्तान, बद्रि पंगेनी, राम्जी खाड, शिव हमाल, राधिका हमाल, मिना लामा, माधव थापा, डिजराज पौडेल, चर्चित हास्य कलाकार दिनेश काफ्ले, यादव देवकोटा लगायत कलाकारको विशेष प्रस्तुती रहने जनाइएको छ । 


, ,

0 comments

Write Down Your Responses