Powered by Blogger.
मध्यरातमा समातियएका काठ तस्कर आरोपी धरौटीमा रिहा

राजन गाउँले
सिन्धुली ६, माघ । जिल्लाको कल्पवृक्ष गाविसबाट चोरीको काठ सहित रंगेहात पक्राउ परेका दुबै जना सामान्य धरौटीमा रिहा छन् । रातको समयमा पारेर अबैध चोरीको काठ राष्ट्रिय वनबाट लोडगरी लैजान लागेको अवस्थामा पक्राउ परेका कल्पवृक्ष–१, वस्ने बर्ष ३६ को देबकुमार घिसिङ्ग र वडा नम्बर ३ वस्ने बर्ष ४४ को चन्द्रबहादुर माझी दुवै जना सामान्य धरौटीमा रिहा भएका हुन् ।
जिल्ला न्यायधिश भोलानाथ चौलागाईएको इजालसले धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले जनही तिस तिस हजार रुपैयाँमा छाड्न आदेश दिएको स्रोतको भनाई छ । गत पुष २१ गते मध्ये राती कल्पवृक्ष १ भोगटेनी झोरा स्थित चिसापानी राष्ट्रिय वनबाट अबैध सालको काठ, ट्याक्टर र मोटरसाइकल सहित घिसिङ र माझी रंगेहात पक्राउ परेका थिए । काठ तस्करीमा संलग्न ट्याक्टर चालक राज विक भने फरार छन् ।
पक्राउपछि प्रहरीले आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय कपीलाकोट पठाएकोमा थियो । उनिहरुले वनमा चारवटा सालका ठुला रुख काटेको र काठ चोरी निकासी गरेको अनुसन्धानबाट खुलेको इलाका वन कार्याल कल्पवृक्षका प्रमुख...ले जनाकारी दिए ।
‘इलाका वन कार्यालयले विगो सहित जनही दुई लाख २८ हजारका दरले धरौटी जम्मा गर्नु पर्ने दावी गरेको भएपनि अदालतले कम रकममै छाडेको जानकारी हुन आएको छ,’ उनले भने । उनिहरुले  वनमा चारवटा रुखको झण्डै एक सय थान कडी चोरी निकासी गरेको भएपनि जिल्ला अदालतले तिसवटा कडीको मात्र दावी गरी धारैटी लिएर छाडेको पाइएको इलाका वन कार्यालयको भनाई छ ।  
जिल्ला सरकारी वकिलको कार्यालय सिन्धुलीले वन कार्यालयकै मागदावी अनुसार अभियोग पत्र दायर गरेको भएपनि न्याधिस चौलागाईले उनलाई न्यून धरौटीमा छाड्न आदेश दिएका थिए । रंगेहात पक्राउ परेका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउँनु पर्ने कानुनमा व्यवस्था भएपनि धरौटीमा रिहा हुनुलाई कतिपय कानुन विदहरुले आश्चर्य व्यक्त गरेका छन् । 
उनलाई वन ऐन अनुसार हिरासतमै राखेर कानूनी कारबाही हुनु पर्नेमा राजनीतिक पहुँचका आधारमा धरौटीमा छाडीएको हुन सक्ने कानुनविदहरु बताउँछन् । घिसिङ एमाले जिल्ला कार्य समिति सदस्य समेत हुन् ।
जिल्लामा पछिल्लो समय व्यापक रुपमा काठको तस्करी हुने गरेको भएपनि कानुनी कारबाही भने कसैलाई भएको रेकर्ड छैन् ।
खासगरी जिल्लाको कल्पवृक्ष, कपिलाकोट, रानीवास, हर्षाही रेन्ज पोष्ट अन्तरगत विभिन्न सामुदायिब वन र सरकारी वनबाट काठको चोरी निकासी हुने गरेको स्रोतले देखाएको छ । यस्तै शिद्देश्वर रेन्ज पोष्ट अन्तरगत कमलामाई नगरपालिका–४ को सिलामे, कनपा ३ को बेसारे लगायतका स्थानबाट ब्यापक रातको समया काठ तथा फर्नीचरका सामाग्रीहरु बनाएर विक्री हुने गरेको भएपनि वनकै कर्मचारीहरु समेत मुकदर्शक भएर बस्ने गरेको आरोप छ ।




0 comments

Write Down Your Responses