Powered by Blogger.
औपचारिकतामा सकियो इलाका स्तरीय योजना तर्जुमा गोष्ठी

मरिणखोला(सिन्धुली), ८ माघ । जिल्ला विकास योजना २०७३÷७४ का लागी योजना निर्माण गर्न जिल्ला विकास समिति सिन्धुलीले आज जिल्लाका १३ वटै इलाकामा इलाका स्तरिय योजना तुर्जमा गोष्ठी सम्पनन् गरेको छ । इलाका स्तरिय योजना तर्जुमा गोष्ठी जनसहभागीतामा आधारीत भन्दा पनि औपचारिकतामा सिमित रहेको स्थानीयहरुले गुनासो गरेका छन । 

कपिलाकोट गाविसका एक स्थानीयले भने, गाउँ परिषद, इलाका योजना तर्जुमा गोष्ठी, केहो हामीलाई थाहा छैन, दलका नेताले कोठा भित्रै सक्छन, उनीहरुकै योजना हाल्छन ।’ जनताको सहभागीतामा योजना तर्जुमा गर्ने भन्दा पनि दलका नेताहरुको पहुँचको आधारमा योजना तय हुने भएकाले गाउँ परिषद र इलाका परिषदहरु जनसहभागीतामा आधारीत हुन नसकेको उनको गुनासो थियो । 
जिविस सिन्धुलीले बृहत छलफल र जनसहभागीतामा आधारीत रहेर इलाका स्तरिय योजना तर्जुमा गर्ने कामलाई प्राथामिकतामा नराखेर इलाका परिषदलाई औपचारिक रुपमा सम्पनन् गर्ने रणनीति लिएर एकै दिन जिल्लाका १३ वटै इलाकाको योजना तर्जुमा गोष्ठी सम्पनन् गरेको छ । 
१२ नं.इलका स्तरिय योजना तर्जुमा गोष्ठी कपिलाकोट तथा डाडीगुरासे गाविसका सचिब देवानन्द श्रेष्ठको अध्यक्षतामा कपिलाकोटको छापमा शुक्रबार सकिएको छ । गोष्ठीमा नेपाली काग्रेसका पुर्व क्षेत्रीय सभापति महेशराज खतिवडा, नेकपा(एमाले)का १२ नं.इलाका अध्यक्ष श्रीलाल माझी, एकीकृत माओवादीका जिल्ला सचिब पानीराज बम्जन र जिल्ला विकास समिति सिन्धुलीका प्रतिनिधी बबिन्द्रलाल माझीको उपस्थिती रहेको थियो भने चार गाविसका स्थानीयहरु सहभागी हुनुपर्ने उक्त गोष्ठीमा ३ दर्जन भन्दा वढी स्थानीयहरुको सहभागीता देखिदैन थियो । कपिलाकोटको छापमा इलाका स्तरिय योजना तुर्जमा गोष्ठी चलिरहदा धमिलेमा बसीरहेका एक स्थानीयले भने, ‘कागलाई बेल पाक्यो हर्ष न विषमत’ हामीले बालेको केहि हुँदैन किन जानु परिषद र गोष्ठीमा ।’ आफ्नो इलाकाको विकासका लागी योजना छनौटको गोष्ठी चलिरहदा स्थानीयहरु भने खासै उत्साहित भएर सहभागी भएको देखिएन । त्यसको कारण थियो दलका प्रतिनिधीको बोलवाला चल्नु र आफ्ना योजनाहरु समावेश नहुनु । 
उता जिल्ला विकासले भने १३ वटै इलाकामा जिविसका प्रतिनीधीहरुको उपस्थितीमा इलाका स्तरिय योजना तुर्जमा गोष्ठी भव्यताका साथ सम्पनन् भएको जनाएको छ । 
जिविसको प्रतिनिधीको रुपमा १ नं.इलाकाको सोल्पाठानामा रण बहादुर कार्की, २ नं.इलाकाको बाहुनतिल्पुङमा विष्णु प्रसाद भण्डारी, ३ नं.इलाकाको दुधौलीमा दिपक कार्की, ४ नं.इलाकाको सिथौली डकाहामा रमेशराज सुवेदी र एक बहादुर थापा, ५ नं.इलाकाको भुवनेश्वरीमा फडिन्द्र ठकुरी, ६ नं.इलाकाको रतनचुरामा नारायण प्रसाद अधिकारी, ७ नं.इलाकाको जरायोटार मझुवादोभानमा भुपेन्द्र बस्नेत र सुदिप केसी, ८ नं.इलाकाको रानिवास गाविसमा सुर्वण घिसिङ्ग, १० नं.इलाकाको झागाँझोली रातमाटामा कपिलराज थापा, ११ नं.इलाकाको बस्तीपुरमा भरतजंग थापा, १३ नं.इलाकाको बख्फरमा मल्लव अधिकारी सहभागी रहेका थिए । जिविसका प्रतिनीधीहरुले गाउँ परिषदबाट पारीत योजनाहरु राजनैतिक दलका प्रतिनीधीहरुले सिफारीस गरेका आधारमा प्राथामीकतामा टिपोट गरी जिविसमा पुरयाउने छन । 
इलाका स्तरिय योजना तर्जुमा गोष्ठीले शिक्षा, शिक्षा(भवन, फर्निचर), स्वास्थ्य, खानेपानी, विद्युत विस्तार, लघु जलविघुत, कृषि(जडिवुटि फलफुल अन्य), सिंचाई, सना सिंचाई, नदि नियन्त्रण, सडक(कच्ची), सडक(पक्की), क्जवे, कल्भर्ट, झोलुङ्गेपुल, पशु सेवा, भवन, मानव विकास, संचार, उद्योग, पर्यटन, सहकारी, उर्जा तथा वातावरण, युवा तथा खेलकुद, लक्षित वर्ग(महिला, बालवालिका, आदिवासी, जनजाती, जेष्ठ नागरीक, दलित, अपाङ्ग, लोपोन्मुख, पक्की पुल, बन लगायत विषयसँग सम्बन्धीत योजनाहरु तुर्जमा गर्ने जिविसले जनाएको छ । 
इलाका स्तरिय योजना तर्जुमा गोष्ठीबाट छनौट भई आएका योजनाहरु नै जिल्ला विकास योजनामा समावेश हुने र तिनै योजनाका आधारमा बजेट विनीयोजन र जिल्लाको विकासको गतिविधी सञ्चालन हुने भएकाले इलाका स्तरिय योजना तर्जुमा गोष्ठी निक्कै महत्वपूर्ण मानिन्छ तर व्यापक जनसहभागीता र दिगो विकासको अवधारणामा रहेर योजनाहरु छनौट गर्न नसक्दा ग्रामीण क्षेत्रको प्रभावकारी विकास हुन सकेको देखिदैन । 
जिल्ला विकास समिति र गाउँ विकास समितिले योजना छनौट प्रक्रियामा व्यापक जनसहभागीतामा जोड दिदै दिगो विकासको अवधारणा अनुसार विकासका गतिविधी सञ्चालन गर्न सकेमा जिल्लाले चाडै विकासमा फड्को मार्ने निश्चित त्यसतर्फ जिविस र गाविसको ध्यान जान जरुरी देखिन्छ । 




,

0 comments

Write Down Your Responses